कोहलपुर महोत्सवमा भोली चक्र बम, सुरज थापा, गुलेली कान्छा आउँदै



कोहलपुर ।

बाँकेको कोहलपुरमा जारी भईरहेको महोत्सवमा मोडेल तथा देउडा गायक चक्र बम भोली (पौष २६) आउने भएका छन् ।

चक्र बमले ‘चुईगम पड्काउन्या, दारु सड्काउन्या’ गितबाट चर्चित भएका गायक बम  महोत्सवमा आउने कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालले जानकारी दिए ।

महोत्सवको तेस्रो दिन बमसँगै गायक सुरज थापा, हाँस्य कलाकार गुलेली कान्छा, गायीका प्रसंशा परी सुनार लगायत स्थानिय कलाकारले आफ्नो प्रस्तुती कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालले जनाएका छन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति र महिला उद्यमी समितिको मूख्य आयोजनामा ‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव माघ ५ गतेसम्म संचालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २५ गते शुक्रबार