जिल्ला तानिए कोहलपुरका डिएसपी शाही 



कोहलपुर ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका छन्।

आइतबार कोहलपुरमा ट्रकले एक विद्यार्थीलाई ठक्कर दिएपछि भएको घटनामा उनको सरुवा माग्दै आन्दोलन भएको थियो । घटना पश्चात भएको प्रर्दशनको क्रममा उनी घाइते समेत भएका थिए ।

डिएसपी शाही सोमबार जिल्ला प्रहरी कार्यालय बाँके तानिएका हुन्। उनको स्थानमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक  डिएसपी शिव बहादुर सिंहलाई पठाइएको छ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार