पशुपतिनाथ मन्दिर संरक्षण समितिको छैठौ साधारण सभा सम्पन्न



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका, ४ मा रहको पशुपतिनाथ मन्दिर संरक्षण समितिले साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभाको सांसद पावती पुन ‘उषा’ले उद्घाटन गरिन् ।

उनले पशुपतिनाथ मन्दिरलाई ५० हजार दिने प्रतिवद्धता व्यक्त गरिन् ।

‘मन्दिरको प्रचारप्रसारमा कमि भएको छ’ उनले भनिन्, ‘प्रत्येक वर्ष महायज्ञ गर्नुपर्दछ ।’

महायज्ञबाट उठेको पैसाले मन्दिरको जग्गा, भवन बनाउन समेत टेवा पुग्ने उनको भनाई थियो ।

यस्तै पशुपतिनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष झगु गिरीले समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘नजिकको तिर्थ हेला हुँदो रहेछ’ उनले भने, कमै मात्रमा भक्तालुजन आउने गर्दछन् ।’

गत आर्थिक वर्षमा दुई लाख ५२ हजार ५८ रुपैयाको कारोबार गरेको उनको भनाई थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार