दर्जनौ यूवाहरु नेकपामा प्रवेश



नेपालगञ्ज।

दर्जनौ यूवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।आईतबार एक कार्यक्रमका बीच दर्जनौ यूवाहरु पार्टीमा प्रवेश गरेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुरमा भएको एक कार्यक्रममा ८१ जना युवाहरु पार्टीमा प्रवेश गरेको नेकपाले जनाएको छ ।

वडा कमिटीको आयोजनामा भएको भेलामा नेपाली काँग्रेस लगायत बिभिन्न पार्टीमा आवद्ध यूवाहरु नेकपामा प्रवेश गरेको नेकपा २० नम्बर वडा कमिटिका अध्यक्ष बिश्वनाथ बर्माले बताए ।

अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका यूवाहरुलाई बाँके जिल्ला अध्यक्ष आइ.पि. खरेल र ५ नं. प्रदेश नेकपा संसदीय दलकी सचेतक पार्वती पुनले अबिर तथा माला लगाइ स्वागत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ८ गते आइतबार