कोहलपुर ।
महानगरीय अपराध महाशाखाको टोलीले ज्यान मार्ने उद्योगमा फरार तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई पक्राउ गरेको छ।
टोलीले सोमबार अपरान्ह ४ बजे उनलाई काठमाडौंबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।
उनीविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो। मुद्दा दायर भएपछि उनी फरार थिए।
जिल्ला अदालत बाँकेले उनीलाई पक्राउ गर्नको लागि पक्राउ पुर्जी समेत जारी गरेको थियो ।जिल्ला प्रहरी कार्यालय बाँकेले उनी फरार भएपछि महानगरीय अपराध महाशाखालाई पक्राउ गर्नको लागि आग्रह गरेको थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुरले पनि कोषाध्यक्ष खड्कालाई काठमाडौं प्रहरीले पक्राउ गरेको पुष्टि गरेको छ ।
प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्