कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका २ बर्दहवामा जुवाखालबाट पाँच जना पक्राउ परेका छन् ।स्थानीय रामपती थारुको घरमा जुवा खेलिरहेका पाँच जनालाई नगद सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीका अनुसार पक्राउ पर्नेमा बाँके जानकी गाउँपालिका, वडा नम्बर ६ का सुरेन्द्र भाट, भद्र पुन, नर बहादुर क्षेत्री ,गुल्मी जिल्लाको रसुङगा नगरपालिका वडा नम्बर १३ का मोहन सिंह पुन छन् ।
जुवाखालबाट २६ हजार २ सय २५ रुपैयाँ बरामद गरिएको उनले बताए ।
शाहीले कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवास्थित रामपती थारुको घरमा बस्ने भुन्टे भन्ने सन्तोष महरा,घरमुली रामपती थारु र अन्य २ जना व्यक्ति फरार रहेको जानकारी दिए ।
कोहलपुर २,बाट रामनारायण थारुलाई जुवाखालबाटै व्यक्तिगत २१ हजार सहित पक्राउ गरिएको हो ।
प्रकाशित मिति : २०७६ कात्तिक २९ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्