काठमाडौं ।
बाजुरा प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १६ जना कार्यकर्तालाई पक्राउ गरेको छ । केन्द्रीय सदस्यसहित १६ जना नेता र कार्यकर्तालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा केन्द्रीय सदस्य चुडामणि ओलीलगायत १६ जना छन् रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई गौमुल गाउँपालिका वडा नम्बर ३ बाट आज दिउँसो पक्राउ गरिएको बाजुराका प्रहरी प्रमुख, डीएसपी उद्धवसिंह भाटले बताए ।
चन्द समूहका नेता र कार्यकर्ताको ठूलो समूह बझाङबाट बाजुरा प्रवेश गरेको सूचना पाएपछि प्रहरी टोली परिचालित भएको र उनीहरूलाई गौमुल गाउँपालिका–३ बाट पक्राउ गरिएको थियो ।
प्रकाशित मिति : २०७६ कात्तिक २२ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्