कोहलपुर/ भारतीय पक्षले नेपाली भु–भाग अतिक्रमण गरेको विरोधमा कोहलपुरमा प्रदर्शन गरिएको छ । केही दिनअघि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भु–भाग लिपुलेक र कालापानी समावेश गरी जारी गरेको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले कोहलपुरमा प्रदर्शन गर्दै नारा जुलुस गरेको हो ।
प्रदर्शनमा भारतीय बिस्तारबाद मुर्दाबाद, नरेन्द्रमोदी मुर्दावाद, लिपुलेक हाम्रो हो, सिमा अतिक्रम बन्द गर, ‘गो ब्याक इन्डिया, जस्ता नारा लगाउँदै जुलुस प्रदर्शन गरिएको थियो । अनेरास्ववियू बागेश्वरी इकाई कमिटीको अगुवाइमा भएको प्रदर्शन ¥याली कोहलपुर चौराहदेखि सुरु भई न्यूरोड, एनटीभि चोक हुँदै बागेश्वरी क्याम्पसको गेट अगाडि गएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्वोधन गर्दै अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले भारतले नेपालको स्वाधीनतामा आँच आउने किसिमले नेपाली भुभाग अतिक्रमण गरी नक्सा सार्वजनिक गरेकोले त्यसको बिरोधमा प्रदर्शन गरेको बताउनु भयो । नेपाल विश्वमा शान्ति चाहने देश भन्दै पञ्चशिलको सिद्धान्तमा रहेर छिमेकी देशहरुसँग मित्रवत व्यवहार गर्न चाहेको बताउनु भयो । यदि त्यसलाई छिमेकीले कमजोरी ठाने भने सिमामा गएर रगत बगाउन पनि पछि नपर्ने चतावनी समेत दिनुभयो ।
अनेरास्ववियुका अर्का नेता राजेन्द्र बिष्टले भारतले आफनो राजनीतिक नयाँ नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेकलाई समावेश गरेकोले त्यसको विरोध स्वरुप कार्यक्रम गरिएको बताउनु भयो । उहाँले भारतीय पक्ष उक्त कुरा नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
यस्तै अनेरास्वीयू बागेश्वरी इकाई कमिटी अध्यक्ष हेमन्त भट्टराईले भारतीय ज्यादती विरुद्ध केन्द्रिय सर्कुलर अनुसार नै कार्यक्रम गरिएको बताउनु भयो । भारतले नेपालको स्वाधिनता र सार्वभौमसत्तामा आँच आउने किसिमको काम गरेकाले यसको विरुद्ध सबै एक जुट भएर लाग्न आह्वान गर्नुभयो । कार्यक्रममा अनेरास्ववियूका जिल्ला, क्षेत्र तथा स्थानीय तहका नेता कार्यकर्ता, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्