सुर्खेत बसपार्कमा यात्रु सहायता कक्ष



चेत नारायण पाण्डेय । सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बसपार्कमा चाडपर्वमा यात्रुको सुरक्षालाई मध्य नजर गर्दै यात्रु सहायता कक्ष सञ्चालन ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबारबाट संयुक्त रुपमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका हुन् । यात्रुको सुरक्षालाई मध्यनजर गरेर सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका एसपी उदयसिंह सिजापतिले जानकारी दिए ।

नेपाली हिन्दुहरुको महान् पर्व दशै तिहार नजिकिए सँगै पर्व मनाउन घर फर्किने यात्रुहरुलाई सहज रुपमा यात्राको व्यवस्थापन गरिने उनले
बताए । एसपी सिजापतिले चाडपर्वमा बढी यात्रु राख्ने र तिव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुन सक्ने भएकाले त्यसो गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरे । बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन हुनेछ ।

उक्त टिमले बिहान ६ बजेदेखी साँझ ६ बजेसम्म बसपार्कमा यात्रुहरुका गुनासा सुन्ने र त्यसको समाधान गर्ने ट्राफिक प्रहरीले जनाएको छ । यात्रुलाई दुःख दिने, तान्ने सवारी चालक र सहचालकलाई प्रशासनले सार्वजनिक मुद्दा लगाउने चेतावनी दिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी बवसन्त अधिकारीले बसपार्क पुगेका यात्रुहरु तान्ने र दुःख दिने शैलीको सुधार गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरे । ‘दैनिक बिहान साँझ सुर्खेत बसपार्कको अनुगमन गर्दा यात्रुहरुलाई चालक र सहचालकले निकै सास्ती दिइरहेको देखेको छु’ उनले भने, ‘परिवारसँगै दशैं र तिहार मनाउने भए यात्रुहरुलाई कुनै प्रकारको दुःख नदिनुहोस् । यदि सुध्रिनु भएन भने सार्वजनिक मुद्दा लगाउन जिल्ला प्रशासन बाध्य हुनेछ ।’

हिन्दुहरुको पर्व दशैं र तिहार नजिकीदै गर्दा यात्रुहरुलाई सहज यात्रा गर्ने गरी सेवा प्रवाह गर्न उनले आग्रह गरे । प्रजिअ अधिकारीले नक्कली टिकट काटेर यात्रुहरुलाई गन्तव्य पु¥याइदिने भन्दै दुःख दिने गरेकाले सबै यातायात प्रालिलाई आफ्ना कर्मचारीहरुलाई परिचयपत्र लगाएर मात्रै टिकट काट्न पठाउन निर्देशन दिए ।
,

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १० गते शुक्रबार