कोहलपुर ।
बाँकेको कोहलपुर बजारमा केही दिनयता चोरीका घटनाहरु बढेका छन् । स्थानीयबासीका अनुसार मोटरसाइकल चोरी लगायतका घटनाहरु दिनप्रतिदिन बढिरहेका हुन् । बिहीबार दिउँसो कोहलपुर नगरपालिकाको परिसरबाट नै पार्किङ गरेर राखेको अवस्थामा मोटरसाइकल चोरी भएको छ । कोहलपुर प्रहरीको प्रमुख परिवर्तन भएसँगै चोरीका घटनाहरु वृद्वि भएको बताइन्छ । नगरपालिकाको परिसरबाट दिउँसो २ बजे सरकारी नम्वर प्लेटको मोटरसाईकल चोरी भएको हो ।
भे १ प १२८६ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल चोरी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उक्त सरकारी नम्बर प्लेटको मोटरसाइकल नगरपालिका सुचना अधिकारी तथा प्रशासकिय अधिकृत हरीबहादुर ओलीले प्रयोग गर्दै आएका थिए । कार्यालय समयमा नै कर्मचारी र सेवाग्राहीहरु भएको अवस्थामा सरकारी मोटरसाइकल चोरी भएपछि सबैजना अम्चमित भएका छन् । नगरपालिका परिसर भित्र नगर प्रहरी तैनाथ भएको अवस्थामा नै सरकारी नम्वर प्लेटको मोटरसाईकल हराउनुलाई गम्भिरताका साथ लिएर अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ ।
कार्यालय परिसरमा रहेको सिसिटिभी फुटेजमा २ जना मानिसले मोटरसाइकललाई घिसार्दै लगेको देखिएको छ । कोहलपुर प्रहरीले पनी सिसिटिभि फुटजलाई आधार मानेर अनुसन्धान अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले यस क्षेत्रमा मोटरसाइकल चोरीका घटना अत्याधिक रहेकाले न्युनिकरणका लागि ठोस कार्ययोजना बनाई रहेको जानकारी दिए । ‘यहाँ मोटरसाइकल चोरीका घटना धेरै हुँदो रहेछ’ उनले भने,‘ अब केही दिनमा नै ठोस योजना बनाएर कार्यान्वयनमा लैजानेछौं ।’ सोमबार मात्र डाँका चोरी मुद्दामा फरार एक युवकलाई कोहलपुर प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको थियो । मोटरसाइकल चोरी विरुद्व पनी कोहलपुर प्रहरीले कडा एक्सन लिनसक्ने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्