एकल तीज नृत्य प्रतियोगिता सम्पन्न



कोहलपुर ।

हरितालिका तीजको अवसरमा कोहलपुरमा आयोजना गरिएको अन्तरविद्यालय स्तरीय एकल तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । निजी तथा अवासिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन कोहलपुरको आयोजनामा भएको छात्रा तथा महिला शिक्षक तीज नृत्य प्रतियोगितामा दुबैतर्फ ब्रिज इन्टरनेशनल स्कुल प्रथम भएको छ ।

यस्तै छात्रातर्फ कोहलपुर लिटील एन्जल द्वितीय, ग्रीनपिस मावि तृतीय र निम्बल स्कुल सान्त्वना भएका छन् । यस्तै महिला शिक्षकतर्फ पनि ब्रिज इन्टरनेशनल प्रथम, ग्रीनपिस मावि द्वितीय दिनुभयो । र निम्बल स्कुल तृतयि भएका छन् । प्रतियोगितामा प्याब्सनमा आबद्ध २२ वटा विद्यालयमध्ये १६ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, ततृतीय र सान्त्वना हुने विद्यालयलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार र प्रमाणपत्र वितरण गरिएको नगरकमिटी अध्यक्ष यम रावतले जानकारी
दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १५ गते आइतबार