नेपालगञ्ज ।
पछिल्लो समय संघिय सरकारका सहरी विकास मन्त्री मो. इस्तियाक राई र नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणाको सम्बन्ध बिग्रीएको चर्चा छ । भारी मतले संघिय सांसद जितेका मन्त्री राई र भारी मतले नै नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख जितेका राणा दुवै विकास प्रेमी नेताको रुपमा नेपालगञ्जबासी माझ चिनिन्छन् । तर केही हप्तायता यी दुवै हस्तीको सम्बन्धमा टकराप आएको स्थानीयबासीहरुले आंकलन गर्दै आएका थिए । दुवै जनाको द्वन्द्वले कतै फेरी नेपालगञ्जको विकास पछाडि धकेलिने होइन त भन्दै स्थानीयहरुमा चिन्ता थियो । बागेश्वरी मन्दिर परिसरमा सटर निमार्णका विषयमा मन्त्री र मेयर बिचको द्वन्द्वले नेपालगञ्जबासीलाई सोच्न बाध्य बनाइदिएको हो । तर नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकासको लागि दुवै जना एक रथका दुई पांग्रा भएको बताएको छ ।
नेपालगञ्जको विकासका मुद्दामा शहरी विकास मन्त्री मो. ईस्तियाक राईसँग कुनै विवाद नभएको उप–महानगरपालिकाले प्रष्टिकरण दिएको
छ । नगर प्रमुख राणाको उपस्थितीमा आईतवार उपमहानगरपालिकाले गरेको पत्रकार सम्मेलनमा विवाद नभएको दाबी गरिएको हो । मन्त्री राई र नगर प्रमुख राणा बिचको विवाद भनिएको बिषयलाई बिज्ञप्तीमै प्रमुखताका साथ समेटिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै उपमहानगरपालिका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले ‘मेयर र मन्त्री राईबीचको बिवाद भएको भन्ने विषय’ लाई खण्डन गरेका थिए ।
‘शहरी विकास मन्त्री र मेयर दुई होनहार नेतृत्व यो नगरले पाएको छ ।’ उनले भने ‘यद्यपी विकासका मुद्दामा यि दुई हस्तिबीचको सम्बन्धलाई धुमल्याउने गरी अर्नगल प्रचारबाजी प्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ ।’ नगर प्रमुख र शहरी विकास मन्त्रीलाई एक रथका दुई पांग्रा भन्दै प्रवक्ता रिजालले संयूक्त पांग्राबाट नगरको विकासको रथ अगाडी बढ्ने कुरामा दुई मत हुन नसक्ने दाबी गरे ।
विकास निर्माणको कार्यलाई बाधक नबनाई हामी सवैको साझा अभियान बनाई अगाडी बढेर यस अभियानलाई सफल बनाउनमा सबैभन्दा बढि महत्वपूर्ण भूमिका सञ्चारकर्मीहरुको नै हुने उनले बताए । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख राणाले मन्त्री र आफुबिच कुनै विवाद नभएको बताए । ‘विकासका मुद्दामा हामी एकैठाउँमा छौं’ उनले भने, ‘बाहिर हल्ला चलेजस्तो हामीबिच कुनै विवाद छैन ।’ ‘उहाँ मन्त्री ज्यू र मेरो बिचमा कुनै समस्या छैन’ उनले भने,‘नेपालगञ्ज विकासको लागि हिजो पनी सँगैं थियौं आज पनी छौं भोली पनी हुन्छौं ।’ उनले नगरको विकासमा विवाद गर्न नहुँने भन्दै नगरबासीलाई प्रश्नसंगै सल्लाह र सुझाव दिन आग्रह
गरे । ‘प्रश्न गर्न पाउने अधिकार छ, प्रश्नसंगै आवश्यक सल्लाह र सुझाव पनि दिनुहोस्’ प्रमुख राणाले भने, ‘यो हामी संबैको नगर हो । विकासमासबै मिलेर हातेमालो गरौं ।’ पत्रकार सम्मेलनमा पत्रकारहरुले उठाएका प्रश्नको जवाफ प्रमुख राणा र प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेलले दिएका थिए ।
उक्त कार्यक्रममा उपमहानगरपालिकाले जनप्रतिनिधीहरु आएपछि गरेका काम र आगामी दिनहरुमा गरिने कामको बारेमा जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा पत्रकारहरुले बागेश्वरी मन्दिरको विवाद बारेमा प्रश्न गरेपनी प्रमुख राणाले बागेश्वरी मन्दिरको दक्षिणका १६ वटा सटरहरुमा विगत ३०– ४० वर्ष देखि न्यून भाडामा सञ्चालन आइरहेको थिए । घरबारीटोलको बाटो चौडा गर्दा नयाँ सटर बनाई उनीहरुलाई दिने सम्झौता अनुसार उक्त सटरहरु तोडेर बाटो चौडा गरिएको राणले बताए । सम्मेलनमा राणाले आवश्यक छलफलपछि मात्र मन्दिरका सटरहरुका विषयमा अगाडि बढ्ने बताए । उनले यथार्थ नबुझिकन सटर निर्माणको बारेमा विरोध भइरहेको प्रति असुन्तुष्टी व्यक्त गरे ।
आ.व. २०७५/०७६ मा सम्पन्न मुख्य मुख्य कार्यहरु
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत प्रविदेन अनुसार
- आ.व.२०७५÷७६ मा जम्मा बिनियोजित बजेट रु.२ अर्व ८२ करोड १ लाख १४ हजार २८ मध्ये करिव रु.२ अर्व ३७ करोड ५७ लाख ६५ हजार १९ खर्च (८४.२४ प्रतिशत) भएको,
मंगल मा.वि.मा गल्र्स कलेज निर्माणाधिन रहेको छ भने सल्यानीवागस्थित आधारभुत विद्यालयमा गल्र्स स्कुलको स्तरोन्नती कार्य सम्पन्न, - रानीतलाउ बोटिड.विहार पुननिर्माण तथा वडा न.४ मा चिल्ड्रन पार्क निर्माण भएको,
- एशियाली विकास बैंक मार्फत सञ्चालित परियोजनाबाट हालसम्म ३९ किलोमिटर नाला तथा ३३ किलोमिटर कालोपत्रे निर्माण,
- महेन्द्र बहुमुखी क्याम्पसको विविए तथा डिग्री ब्लक निर्माण कार्य सम्पन्न,
- १ थान दमकल, सक्सन टेक्टर १ थान, टिफर २ थान, टेक्टर ३ थान, रोलर १ थान खरीद गरी सञ्चालन,
- सोलारबत्ती, यात्रु प्रतिक्षालय, ट्राफिक बुथको स्थापना गरिएको,
- नेपालगञ्ज राजपत्र ३८ वटा प्रकाशन गरिएको,
- हाईमास्ट लाईट विपिचौकमा सम्पन्न तथा अन्य ८ स्थानमा निर्माणक्रममा रहेको,
- नगरप्रहरी र बारुणयन्त्रतर्फ १६ जना जनशक्ति थपगरी निरिक्षण शाखा प्रभावकारी बनाईएको,
- सडकमर्मत ईकाई स्थापना गरी कार्यान्वयनमा ल्याईएको,
- नागरिक सहायता कक्ष र हेल्थ डेस्कको स्थापना गरिएको,
- वडा न.१२ मा वडा कार्यालयको आफ्नै वडाभवन निर्माण कार्य सम्पन्न,
- नगरकार्यपालिकाको कार्यालय लगायत सवै वडा कार्यालयहरुमा सिसि क्यामेरा जडान,
- ईन्टरनेट जडान गरिएको साथै कार्यालय परिसरमा भिडियो कन्फरेन्स हल निर्माण,
- वातावरण संरक्षण तथा हरियाली प्रवद्धन कार्यक्रम अन्तर्गत ल्याण्डफिल्ड साईट र सुर्खेतरोडमा करिव १००० ओटा विरुवा रोप्ने कार्य सम्पन्न,
- वडा न.१ को सडकछेउमा ३८० ओटा गमलामा फुल तथा सो प्लाण्ट रोप्ने कार्य सम्पन्न,
- वडा न.१ मा स्पोर्टस एकेडेमी (ग्रासरुट फुटवल मैदान,
- लनटेनिशकोर्ट तथा कार्यालय कक्ष) निर्माण कार्य सम्पन्न,
- गत आर्थिक वर्षमा बसपार्कमा ४२ ओटा नयाँ सटरहरु निर्माण कार्य सम्पन्न,
- वडाको विकास कार्यलाई छिटोछरितोरुपमा कार्यान्वयन गर्न सम्वन्धित वडा कार्यालयहरुबाट नै खाता सञ्चालन गर्ने कार्य सम्पन्न
भएको लगाएतका कार्यहरु सम्पन्न भईसकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्