मुगुका १८ विद्यालय बन्द



मुगु ।

मुगुको पूर्वी करान भेगको मुगुम कामारोगं गाउँपालिका रहेका बिद्यालय बन्द भएका छन् । विद्यार्थीहरु यार्सागुम्बा संकलन गर्न हिमाली पाटनमा गएपछि विद्यालय बन्द भएको हो । यार्सा संकलनका लागि जेठ १८ मा वन प्रवेशको अनुमति दिइएपछि गाउँपालिकाभित्र रहेका विद्यालयको कक्षा २ भन्दा माथिका विद्यार्थी यार्सा संकलन गर्न गएका छन्।

गाउँपालिकामा रहेका १८ वटा विद्यालय बन्द भएका छन् ।यस क्षेत्रका विद्यालयलय यार्सा संकलनको सिजनमा बर्सेनी बन्द रहने गर्दछ । वर्षका लागि आवश्यक रकमको जोही गर्न र विद्यार्थीहरु कापीकलम खरिद गर्न चाहिने रकम जुटाउन एक महिना पढाई छोडेरै यार्सा संकलनमा जाने गर्दछन् । विद्यार्थी, अभिभावकहरु यार्सा संकलनमा जाने भएकाले विद्यालयहरु बन्द भएको मुगुमकामारोगं गाउँपालिका शिक्षा युवा खेलकुद शाखाका शिक्षा अधिकृत सुवास रावलले बताए ।

उनका अनुसार माथिल्लो क्षेत्रमा चिसोले हिउँदे बिदा हुने गरेको र तल्लो क्षेत्रमा बर्खे बिदा ४५ दिन हुने गरेको नियम छ । तर, लामो समयदेखि यार्सा संकलनको सिजनमा विद्यालय बन्द हुने प्रचलन रहेकाले विद्यालय बन्द रहेको शिक्षा अधिकृत रावललको भनाइ छ । यता जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख सूर्यबहादुर खत्रीका कुनै विद्यालयले यार्साको समयमा विद्यालय व्यवस्थापनाको निर्णय गरी एक साता स्थानीय बिदा गर्ने गर्दछन् ।

कुनै विद्यालयमा सबै विद्यार्थी यार्सा संकलनमा गएकाले विद्यालय बन्द गर्नुको बिकल्प नरहेको
बताए । जिल्लाका विद्यालयहरु बन्द भए पनि नेपाल राष्ट्रिय आवसीय विद्यालय भने सञ्चालनमा छ । यस वर्षदेखि सञ्चालन भएको यस विद्यालयमै बसेर विद्यार्थीहरु पढ्ने गर्दछन् । मुगुम कामारोगं गाउँपालिकामा १७ सामुदायिक, एक सस्थागत गरी १८ विद्यालय छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २३ गते बिहीबार