वर्तमान समयमा वेदान्तीय शिक्षाको आवश्यकता जरुर छ ।



एकराज शर्मा
उप–प्राध्यापक
वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर

वर्तमान युग विज्ञान तथा प्रविधिको युग मानिन्छ । घरमै बसेर विश्वलाई सजिलै नियाल्न सकिने कुरामा कुनै दुईमत रहदैन । सायद यो भनिरहँदा वर्तमानका अभिभावक मात्र होइन देशको नीति, विधि एवम् समयको मागले पनि प्राविधिक शिक्षामा जोड दिएको पाइन्छ । तर प्राविधिक शिक्षाको आवश्यकता सामान्य शिक्षा जस्तो हुदैन । किन भने प्राविधिक शिक्षा बाट उत्पादन भएको जनशक्ति धेरै हुने र त्यस जनशक्तिले बजारमा काम नपाउँदा सामान्य शिक्षाको जस्तो जनशक्ति हुने कुरामा कुनै दुइमत रहदैन त्यसकारण राज्यमा आवश्यक एवम् निश्चित मात्राको प्राविधिक र वैज्ञानिक जनशक्तिको आवश्यकता पर्दछ । तर हाम्रो देश नेपालका विज्ञहरुको भनाइमा शिक्षा मन्त्री एवम् विश्व विद्यालयका प्राध्यापक, विश्वविद्यालयका उपकुलपति लगायतका विद्धानहरुको भाषण, लेखाई लगायत छलफलमा वैज्ञानिक तथा प्राविधिक शिक्षामा जोडदिने खालको बहस चलिरहन्छ तर उक्त जनशक्ति खपत हुने स्थानको हामीले परिकल्पना गर्दैनांै । सायद सामान्य शिक्षाको जतीकै प्राविधिक र वैज्ञानिक शिक्षाको जनशक्ति उत्पादन भएमा यस्तो बेरोजगारी समस्या देखापर्ने देखिन्छ ।
देशमा डाक्टर, इन्जीनियर, पाइलट, धेरै होइन तर आवश्यक जनसंख्या मात्र उत्पादन गर्नुपर्दछ । यसतर्फ सबैको ध्यान जावस भनिन्छ विज्ञान पढेको जनशक्तिले विभिन्न चिन्तन शैली तयार गर्ने भत्काउने, फेरी निर्माण गर्ने काममा लागिरहन्छ । तर जन्मदिने आमा, बुवा, आफन्त, गुरु–गुरुआमा, ठूलालाई आदर सम्मान र सानालाई माया गर्ने वातावरण उनीहरुमा देखापरेको हुदैन । नैतिकता, आचरण, आर्दश, सहिष्णुता, धर्म–कर्म लगाएतका आर्दशवान कार्यमा हालको जनशक्तिमा गुमिरहेको छ । नातागोता, आफन्त, इष्टमित्र, अग्रज, पाहुनाहरु, अतिथिहरुको सम्मान, सत्कार हालको जनशक्तिमा हराउँदै गएको छ । दिदि, दाजु, भाई, बहिनी, फुपु, हजुरबुबा, हजुरआमा, फुपाजु, भिनाजु, मामामाइजु, काका काकी, लगायतका नाता र उहाँहरुप्र्रतिको भावना, माया, ममता, हरिदै गएको वर्तमान समयमा हिन्दुधर्म संस्कारको चारवेदको वेदान्तीय शिक्षाको कति आवश्यकता पर्दछ ।
किनकि आज विश्वको एकमात्र शक्तिशाली राष्ट्र अमेरीकामा गिताको पढाई त्यहाँका विश्वविद्यालयमा हुन्छ तर हाम्रो देशमा यो ग्रन्थमा वास्ता
छैन । अनि देशले अग्रगतिमा फट्को मार्ला त ? यस कुरामा धेरैको विश्वास रहदैन । त्यसकारण वर्तमानको बालबालिकामा वेदान्तीय सिद्वान्तहरु सिकाउनु आवश्यक छ । त्यसका लागि यसको गहिरो अध्ययन गर्नु जरुरी एवम् अनिवार्य छ ।
अर्थ, काम र मोक्ष यी तीन पुरुषार्थलाई व्यवस्थित गर्ने नियमन गर्ने र सर्तकतामा राख्ने काम अर्को महत्वपूर्ण र आवश्यक पुरुषार्थ धर्म मूल्य–मान्यता र संस्कार हो । धर्मका माध्यमबाट नियमनकारी भूमिका पुरा गरेर मानिसले यी तीन पुरुषार्थ अर्थ, काम, र मोक्ष प्राप्तगरी आप्mनो जीवनलाई सु–व्यवस्थापन गर्नु आजको आवश्यकता हो । धर्मबाटै साधारण गृहस्थ मानिसले पनि अर्थ र कामको अभिष्टता प्राप्त गर्ने अवसर प्राप्त गर्दछ । अनिमात्र क्रमशः मोक्षको बाटो बाट परमतत्व प्राप्तिको बाटो खुलाउँदछ । वास्तवमा महाभारत स्वर्गारोहण ५÷६३ को कथनबाट यो प्रमाणित गरिन्छ कि वैदिक ग्रन्थका आधारमा रहेको देखिन्छ । मानिसलाई कर्तव्य, आचरण, नैतिकपक्ष, सामाजिक एवम् व्यवहारिक पक्षको आदर्शमुखी बाटो देखाइरहको विश्वको पूरानो ग्रन्थ वेद, उपनीषद र पुराण आदि हुन् ।

४ वेदग्रन्थहरु सनातन धर्म परम्परका आधार ग्रन्थ हुन् । हिन्दु सनातना धर्म,पराम्पराको ज्ञान, सिप, चिन्तन, मनन, विचार, तर्क गर्ने मूख्य आधार तथा स्रोत ग्रन्थ नै वेद हुन् । जसबाट नै पछिल्लो धार्मिक, दाशर्निक एवम् कर्मकाण्ड सँग सम्वन्धित ग्रन्थहरुमा निर्मित भएका छन् । उपनिषद, आरण्यक, ब्रहामण ग्रन्थ, स्मृति, पूराण लगायतको मूख्य स्रोत नै वेद भएको कुरालाई कसैले नकार्न सक्दैन । वेदबाट व्यक्तिमा भएको अज्ञानता नष्टहुने ज्ञानलाई प्रकाश पार्ने काम गर्दछ । वेदको अध्ययनबाट अहंकार, रागद्देष, मोह, मद, इष्र्या, क्रोध जस्ता घातक तत्व एवम् रिस र भानलाई निस्तेज पार्नु आवश्यक छ । जसबाट मानविय व्यवहार स्वहार राम्रो बनाउँदछ । धर्म, के हो ? अधर्म के हो ? भनेर छुट्याउन र बुझ्न सकिन्छ । वेदको अध्ययनबाट वैदिक सनातन वर्णाश्रम धर्ममा प्रमाणित ग्रन्थका रुपमा वेदलाई मानिन्छ ।

वेद लगाएतका शास्त्रहरुको अध्ययनबाट के कुरा प्रमाणित हुन्छ भने मानिस पशु प्राप्तिबाट माथि उठ्ने  गर्दछ । धर्म, विवेक, ज्ञान एवम् मानिसमा सहि चेतना प्राप्त गर्ने साधन नै शास्त्रलाई लिने गरिन्छ । ति शास्त्रहरु मध्ये पनि वेदशास्त्र एक मूख्य हो । किनकि वैदिक साहित्य भन्दा प्राचिन अन्य कुनै साहित्य हालसम्म भेटिएको छैन । किनकी वेदमा अग्नी, वायु, सुर्य आदि प्रकृतिका देवताहरुको स्तुती गर्दै मन्त्रशुक्त रुपमा लेखिएको मानविय क्रियाकलापको व्यावहारिक ज्ञान प्रदान गर्ने काम वेदान्तीय शास्त्रले गर्दछ । मानिसले आप्mनो उद्देश्य प्राप्त गर्ने, अभिष्ट प्राप्त गर्ने काम धर्मबाट हुन्छ । वैदिक शास्त्रको विभिन्न व्याख्या, विश्लेषण, तार्किकता एवम् भाष्यका रुपमा उपनिषद, स्मृति ग्रन्थ, धर्मशास्त्र, पुराण आदिको रचनाले वैदिक साहित्य व्यापक भएतापनि वर्तमानमा यसको आवश्यकता खड्किरहेको वर्तमान समय हो । बास्तवमा ४ वेदहरु ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थवेदको सार बुझेर मानिसको आप्mनो कर्तव्यलाई अगाडि बढाउनु आवश्यक छ ।

चारवेदको अध्ययनले मानिसहरुमा मूल तथा पुरानो ग्रन्थ भित्र प्रवेश गर्ने, इच्छा, जाग्नु आवश्यक छ । वेद के हो ? किन अध्ययन गर्ने ? के प्राप्त हुन्छ? भन्ने जिज्ञासाको कुरामा स्पष्ट नभइकन वेदको विरोध, टिका–टिप्पनी, आलोचना भइरहेको छ । त्यो मूर्खता होइन तर अज्ञानता चाहि पक्कै हो । वैदिक साहित्य धार्मिक आध्यामिक ग्रन्थहरु हम्रा रिती, संस्कृति विधिका रुपमा रहेका छन् । वेद, उपनिषद, स्मृति, पूराण आदिका माध्यमबाट प्राचीनकालीन ऋषिमुनी, महर्षिहरुले हाम्रो साँस्कृतिक एवम् सामाजिक स्वरुप समेत निधारण गरिदिएका हुन्छन् । यो आजको बालबालिकामा ज्ञान हुन जरुरी छ । हजारौ वर्षपछि पनि वैदिक ग्रन्थहरुले मानिसको आजको मूल्य, मान्यता, आर्दश, नैतिकता, आचरण, व्यावहारहरु, सँस्कार र मर्यादा यहिबाट आएको कुरा हामीले विर्सेका छौ । त्यसकारण वेद नै हाम्रो धर्म सँस्कृतिको मूल आधार हो । वर्तमानमा यसको जानकारी हुनु आवश्यक छ ।
वर्तमान समयको विज्ञानले विश्वजनमानसमा जे जति उन्नति र प्रगति गरेतापनि ज्ञान भन्दा अग्रगतिमा(माथि) पुगेको प्रमाण भने छैन। किनकी विज्ञान भनेको केवल बाह्य उपकरण मात्र हो । तर ज्ञानचाहि अन्तरकरणको पनि अन्तरकरण हो भन्ने कुरा प्रमाणित छ । विज्ञानले भौतिक उन्नतिसँगै विनाशलाई निम्त्याउने  गर्दछ । तर ज्ञानले सृजनालाई जोडदिने गर्दछ । मानवीय जिवनलाई शुत्र मंगलमय तथा उध्र्वगामी बनाउने काम ज्ञानको हो । पूर्विय संसारको अपूर्व तथा अद्वितिय ज्ञान भन्डार नै वेदवेदाङ्ग हुन् । जसले ईश्वर भक्ति, कार्य शक्ति, जाँगरिलोपन प्राप्त हुन्छ । विश्व व्रहमाण्डको ज्ञानसागर वेद भएकाले यस गहिरो सागरबाट आफूले रोजेको विषयका तन्त्रमन्त्रहरु तत्काल खोजी गरि मानवीय जीवन सहज र सरलबनाउनु आवश्यक छ । जसरी सृष्टिको पहिलो विहानीमा प्रमात्माले ब्रहमालाई दिनुभएको ज्ञान यजुर्वेद  हो ।

वास्तवमा प्राचीन ऋषिमुनीहरुको आयु लामो हुन, स्मरणशक्ति तिक्ष्ण हुने भएकाले श्रुतिपरम्पराले काम गरिरहेको थियो । द्वापरयुगमा कृष्णदैपायन ऋषिले क्रमशः समयमा निकै परिवर्तन भईसकेकोले वर्तमानका मानिसहरुको आयु छोटो, स्मरणशक्ति क्षीण हुने, भविष्य कमजोर हुने, संसारको हितको सट्टा अहितले जरागाड्ने भएकाले वृह्तज्ञानको भन्डारण नै यर्जुवेद हो । यो कुराको जानकारी हुन आजको आवश्यकता हो । वास्तवमा ऋगवेदमा १० हजार भन्दा वढि मन्त्र छन् जहाँ देविदेवताको वर्णन छ । सामवेदमा १९७५ सङ्गतिमय गायन मन्त्रहरु  छन्, यर्जुवेदमा ३७५० कार्य क्रिया, गुण, धर्म, आरोग्य तथा यज्ञको ज्ञान र धारण रहेको पाईन्छ ।

वेदिय सिद्वान्त अनुशार ज्ञान, कर्म, उपासना र विज्ञान वेद झै विषयहरु हुन् । जीव, प्राणी, ईश्वर र प्रकृति यी तिन अनादी नित्य युगमा आर्यहरुको सँस्कृति तथा सभ्यताको जानकारीको साधन नै वेद हो । वर्तमानको मनुष्यमा यसखालको भावना हराएको छ । कवि शिरोमणि लेखनाथ पौडेलको उपकारी गुणी व्यक्ति निहुरिन्छ, निरन्तर, फलेको वृक्षको हाँगो ननुकेको कहाँ छ र ? भन्ने कुराको चरितार्थ आजको बालबालिका एवम् मानिसमा छैन् । आज आमा–छोरा, दिदी–वहिनी, काका–काकी लगाएत पुजनिय–अपुजनीय विचको निकटतम् धार्मिक सम्वन्ध हराएको छ । मानिस, हत्या, आतंक, अपहरण, चोरी, डकैति, बलत्कार चलिरहेको मूख्य आधार नै वेदिय ज्ञानको अभाव हो । घरमा आमावुवा तथा विद्यालयमा गुरुगुरुआमाले ध्यान दिनु पर्ने आवश्यकता छ । अनिमात्र सुनौलो संसारको सपना देखिन्छ ।

वर्तमान समयको विज्ञान तथा प्रविधिले सवैलाई अल्छी बनायो । किनकी वर्तमान समयमा मानिसहरु मोटर युगमा प्रवेश गरेको कुरा वर्तमानको सोसल मिडियाको प्रयोगले प्रमाणित गरेको छ । घरको अगेल्नोमा तरकारी, भात, दाल डढेको छ । विद्यालयमा विद्यार्थीको पढाई डढेको छ । वगैचामा फुलफुलहरु डढेको छ । कार्यालयमा सेवाग्राहीको काम डढेको छ । नाता,कृपा, आर्दशपन, मूल्य, मान्यता, कुलघर, धर्म, संस्कृति, आचरणमा डढेलो लागेको कारण नै वैदिक सिद्वान्तको कमि हो ।

छोराले बाबालाई ड्याड् र आमालाई मम भन्दछन् । काकाकाकीलाई अंकलअन्टी, दाजु भाउजुलाई ब्रो भनिरहदा गुरुगुरुआमालाई सर–मेडम रे अनि सँस्कार छ बा–आमा, बाजे बज्यै, कान्छाबुवा, गुरुबा, गुरुआमा भनिरहँदा कति आनन्द लाग्दछ होला । हामी विदेशी भाषा, भेष, चलनचल्ती र परम्परा लगाएतको वातावरण वेदिय ज्ञान, नैतिक शिक्षाको  अभावले यसो भएको हो । वर्तमान समयमा यसतर्फ ध्यान जानु सम्पूर्ण आमा–बुवा, दाजु भाई, एवम् अग्रज विद्वानहरुमा आवश्यक छ । जसको सहि प्रयोग वेदिय ज्ञानले प्रदान गर्ने भएकाले यस तर्फ ध्यान जावस् शुभकामना छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ८ गते बुधबार