काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् । यही वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयबाट मंगलबार (वैशाख २२) जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि आजै मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्