बर्दिया/ बर्दियाको बढैयाताल गाँउपालिकाले १५औँ महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा ९९ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साइकल वितरण गरिएको छ ।
निस्वार्थ सेवामा लागेका स्वास्थ्य स्वयम्सेविकाहरुको कामप्रतिको मनोवल तथा हौसला बढाउन साइकल वितरण गरिएको हो । त्यस्तै गाँउपालिकाका ९ ओटै वडाका १÷१ जना उत्कृष्ठ कार्य गर्ने स्वयम्सेविकाहरुलाई नगद २ हजार सहित सम्मान गरिएको थियो ।
दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले महिला स्वयमसेविकाहरुको कामको पशंसा गर्दै अवकास हुँदा नेपाल सरकारबाट पाउने २० हजारलाई गाँउपालिकाले २० हजार थप गरी ४० हजार बनाउने घोषणा गरे ।
उहाँले अहिले नेपाल सरकारले दिँदै आएको मासिक ४ सयलाई बढाएर १ हजार बनाउने र थप प्रोत्सान स्वरुप गाँउपालिकाले भ्रणकको लागि १ लाख बजेज छुट्याइने समेत बताए । कार्यक्रममा स्वास्थ्य स्वयम्सेविकाहरुले आफ्नो दुःख पीडाहरु गित मार्फत प्रस्तुत गरेका थिए भने साइकल दिएकोमा खुसी व्यक्त समेत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्