कर्मचारी संगठन चिसापानीको अध्यक्षमा सोनी



कोहलपुर/  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल चिसापानीको कर्मचारी संगठन विभागिय कमिटीको छैठौँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट शेरेन्द्र कुमार सोनीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा चक्र बहादुर बुढा, सचिवमा सुरेश रोकाय, कोषाध्यक्षमा नारायाण प्रसाद उपाध्याय चयन भएका छन् । यस्तै सदस्हरुमा हरि कडेल, लाल बहादुर शाही, सुरेश खत्री र दल बहादुर बुढा रहेका छन् । सचिव भने अहिलेको कमिटीले मनोनित गर्ने जनाइएको छ ।

सोही अधिवेशनबाट कृष्ण प्रसाद ढकालको संयोजकत्वमा दुई सदस्यीय सल्लाहकार कमिटी समेत चयन गरिएको छ । संयोजक ढकाल सहित सदस्यमा गज बहादुर चन्द रहेका छन् । थप एक सदस्य मनोनित गरिने जनाइएको छ । नव निर्वाचित कार्यसमितिलाई अध्यक्ष तथा निर्वाचन मण्डलका सदस्यहरुको उपस्थितिमा संगठनका केन्द्रिय सभापतिले शपथ ग्रहण गराएका थिए ।

केन्द्रिय कर्मचारी संगठनका सभापति कुश्माखर बस्यालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटनसत्र शेरेन्द्र कुमार सोनीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा निवर्तमान सभापति टि.एन.रावत, प्रोफेसर एवं सह–प्राचार्य आर.सि.चौधरी, केन्द्रिय कर्मचारी संघका सभापति यम बहादुर खड्का, नेपाल टेड युनियन काङ्ग्रेस बाँकेका उपसभापति विमल आचार्य, कर्मचारी संगठनका उपाध्यक्षत्रय हरि चालिसे, लङक रोकाय, सुमन गिरी, महासचिव रत्न गिरी लगायत सम्पुर्ण केन्द्रिय पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १५ गते शनिबार