नयाँ शक्तिद्वारा बाँसगढीमा सरसफाई सप्ताह सुरु



बर्दिया/  नयाँ शक्ति पाटी बाँसगढी नगर कमिटीले नगर सरसफाइ सप्ताह सुरु गरेको छ ।

नयाँ शक्ति पार्टीका केन्द्रिय प्रवक्ता, केन्द्रिय सदस्य सहितको सहभागितामा बाँसगढी न.पा.३ पर्ने लखना बजारबाट शुक्रबार पहिलो सप्ताहको कार्यक्रम सुरु गरिएको युवा अभियन्ता कृष्ण पौडेलले बताए ।

सरसफाइबाट नागरिकहरुको स्वास्थ्यमा परिवर्तन गर्दै सुन्दर र समृद्ध समाजको परिकल्पनाका निम्ति बाँसगढीमा नगर सप्ताह सुरु गरिएको जनाइएको छ ।

नगर सप्ताह सुरु सँगै प्रत्येक हप्ता सरसफाइका कार्यक्रम सञ्चालन गर्दै सरसफाइलाई निरन्तरता दिइने राष्ट्रिय युवा शक्ति प्रदेश न. ५ का प्रदेश संयोजक बिपिन पौडेलले बताए ।

नगर सप्ताह सुरु सँगै अब हप्ताको एक दिन नगरपालिका भित्र रहेका कुनै न कुनै स्थानमा सरसफाइ सम्बन्धि कार्यक्रम र सरसफाइलाई तिव्र पारिने र नगरलाई सफा सुघर बनाउनतर्फ लाग्ने र अरुलाई पनि अभियानमा लाग्न नगर सरसफाइ सप्ताहले प्ररेणा जगाउने नयाँ शक्ति पार्टी बाँसगढीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १२ गते सोमबार