जिल्ला स्तरिय फुटबलको उपाधी खजुरालाई



कोहलपुर/  कोहलपुर स्र्पोट क्लबको आयोजनामा संचालन गरिएको प्रथम जिल्ला स्तरिय फुटबल प्रतियोगितको उपाधी हरी युवा क्लब खजुराले उचालेको छ । शनिबार भएको कोहलपुर स्पोर्टस क्लब सी र हरी युवा क्लब खजुरा बिच भएको फाईनलमा खजुराले ०—२ गोलले उपाधी जितेको हो ।

प्रथम स्थान प्राप्त गर्न सफल हरी युवा क्लब खजुरा नगद ३५ हजार तथा ट्रफी शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्ने कोहलपुर स्पोर्टस क्लब सीले नगद १५ हजार ट्रफी तथा शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट ६ जना खेलाडीलाई नगद १५ सयका दरले प्रदान गरिने आयोजकले जनाएको छ ।

गत असोज ६ गतदेखि सुरु भएको खेलमा बाँकेको १५ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुरमा रगंशालाको विकास गर्नका लागि नगरपालिका क्रियाशिल रहेको बताए ।

साथै उनले खेलकुदको विकासका लागि कोहलपुर नगरपालिका सकारात्मक रहेको बताए । प्रतियोगितामा कोहलपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष कर्ण सिंह बुढाक्षेत्री, प्रतियोगिताको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भिम वली, कोहलपुर राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाँकेको अध्यक्ष विरेन्द्र सिँह ठकुरी, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराई लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता कोहलपुर स्र्पोट क्लबका अध्यक्ष कृष्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असोज १६ गते मंगलबार