निम्बलद्वारा निःशुल्क दन्त शिविर सम्पन्न



कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिका–११ स्थित निम्बल ई.मी.स्कुलले बुधबार निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न गरेको छ । 

ओम भेरी डेन्टल हस्पिटलको आयोजनामा संचालन गरिएको सो शिविरमा ५ सय २८ जना विद्यार्थी १ सय ५२ जना अभिभावक र २३ जना शिक्षकहरुको दन्त परिक्षण गरिएको विद्यालयका शिक्षिक शैलेन्द्र वि.सीले जानकारी दिए ।

दाँत सम्बन्धी लाग्ने रोगबारे जनचेतना जगाउन र दाँतको परीक्षण गर्ने उद्देश्य शिविरको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
शिविरमा ओम भेरी डेन्टलका डा.ईश्वर सुवेदीको नेतृत्वमा रहेको ५ सदस्यीय टोलीले दाँत परीक्षण गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहीबार