कोहलपुर/ बाँकेको कोहलपुरमा रहेको बसपार्कको पिच गर्नका लागि कोहलपुर नगरविकास समितिले कोहलपुर बसपार्कको उत्तरपट्टिमा रहेका घर टहरा हटाउन निर्देशन दिए पछि घरटहरामा व्यवसाय गर्दै आएका व्यापारीहरुले उचित व्यवस्थापनका गरिदिन भन्दै सोमबार पत्रकार सम्मेलन गरी माग गरेका छन् ।
कोहलपुर बसपार्क सुधार समितिले नगरविकास समितिलाई मासिक भाडा दिएर व्यापार व्यवसायी गर्दै आएका छन् । कोहलपुर नगरविकास समितिको करिब पौने ४ करोड लागतमा कोहलपुर बसपार्क पिच गर्न लागि रहेको छ ।
कोहलपुर नगरविकास समितिको यहि साउन २५ गतेको पत्र अनुसार ‘यस कोहलपुर नगरविकास समितिको मातहतमा रहेको छोटो दुरीको बसपार्क निर्माण कार्य सञ्चालन भैरहेको उक्त घर टहराहरु यथाशिघ्र हटाई सहज रुपमा निर्माण कार्य अगाडि बढाउन सहयोग गरिदिनुहुन अनुरोध छ ।
यदि नहटाई अटेर गरी बसेमा नगर विकास ऐन २०४५ को दफा १० को उपदफा १०४ अनुसार सम्बन्धित व्यक्तिले त्यस्तो निर्णयको भाग नभत्काएमा वा नहटाएमा समिति आफैले भत्काउन हटाउन र जफत गर्न सक्नेछ् र त्यसरी भत्काउँदा वा हटाउँदा लागेको खर्च सबन्धित व्यक्तिबाट सहकारी बाँकी सरह असुल उपर गरिने व्यहोरा यसै पत्र साथ निर्देशानुसार जानकारी गराईन्छ ।’ भन्ने पत्र कोहलपुर बसपार्क सुधार समितिलाई आएपछि कोहलपुर बसपार्क सुधारसमितिले उचित व्यवस्थापनका लागि माग गरेको छ ।
उचित व्यवस्थापनको माग गर्दै कोहलपुर बसपार्क सुधार समितिले सोमबार कोहलपुर नगरविकास समिति, कोहलपुर नगरपालिका, कोहलपुर उद्योग वाणिज्य संघ, कोहलपुर नगरपालिका वडा नं. ११ मा ज्ञापन पत्र पेश गरिएको कोहलपुर बसपार्क सुधार समितिका पूर्व अध्यक्ष लिलाबल्लभ तिवारीले बताएका छन् ।
कोहलपुर बसपार्कमा २६ वर्षदेखि बस्दै आएको अहिले नगरविकासले हटाउन खोजेको भन्दै उचित व्यवस्थापनको माग गरेका छन् । साथै उनले २०६४ साल फागुन १८ गते कोहलपुर नगर विकासका अध्यक्ष अशोक रोकाय र कोहलपुर बसपार्क सुधार समिति बिच ‘भत्काउनु परेमा नगर विकास समितिले विकल्प सहितको व्यवस्थापन गर्नुपर्नेछ’ भने सम्झौता अनुसार कोहलपुर नगरविकास समितिलाई जान अनुरोध गरेका छन् ।
साथै उनले बसपार्क निर्माणमा सहयोग गर्ने भन्दै अहिलेको घर टहरा यथावत नै राख्नुपर्र्ने र विभिन्न राजनीतिक दलहरुले गरेको प्रतिवद्वतालाई स्वीकार गर्न सुझाव दिएका छन् ।
कोहलपुर बसपार्क व्यवस्थानका लागि संसद, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले प्रतिवद्वता समेत जनाएको अवस्थामा कोहलपुर नगरविकास समितिले बल प्रयोग गरी हटाउन नपाईनेमा जोड दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर बसपार्क सुधार समितिका अध्यक्ष कृष्ण रानाभाटले विगत २६ वर्षदेखि व्यापार व्यवसायी गर्दै आएका व्यापारीहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
उनले कोहलपुर नगरविकास समितिले भौतिक संरचना नभत्काउने भन्दै बसपार्क पिच गर्न लागेको अवस्थामा एक्कासि घर टहरा हटाउन निर्देशन दिएकाले सो को उचित व्यवस्थापन हुनुपर्ने बताए ।
हामीले बसपार्क पिच गर्ने कुरामा स्वतस्फुर्त सहयोग गरिरहेका छौ तर नगरविकास समितिले पहिले मैखिक रुपमा भएको सहमति कार्यन्यवन नगरेको बताए ।
कोहलपुर बसपार्क सुधार समितिले विभिन्न समयमा विकास निमार्ण तथा अन्य काममा समेत अतुलनिय सहयोग गर्दै आएपनि स्थानीतहले समितिको कामको मुल्याङन गर्न नसकेको उनीहरुले गुनासो गरेका छन ।कोहलपुर नगरविकास समितिले छोटो दुरीको बसपार्क पिच गर्न सुरु गरेको छ ।









प्रतिक्रिया दिनुहोस्