कोहलपुरको विकास र व्यवस्थापनका लागि अन्तरक्रिया



कोहलपुर/  बाँके जिल्लाको कोहलपुरको विकास र व्यवस्थापन विषयमा बृहत अन्तरक्रिया कार्यक्रम बिहीबार कोहलपुरमा सम्पन्न भएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रमको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष चक्र बहादुर अधिकारीले कोहलपुर नगरपालिकाको विकास र व्यवस्थापनका विषयमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियाको उद्देश्य बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले २३ बुदें कार्यपत्र पेश गर्दै कोहलपुरको विकास र व्यवस्थापनका विषयमा सरोवारकार वाला निकायहरुका प्रतिनिधिहरुलाई प्रश्न गर्न सहभागीहरुलाई प्रश्न गर्न आग्रह गरेका थिए । सो अवसरमा कार्यक्रमका सहभागी व्यवसायीहरुले सरोकारवाला निकायका प्रमुखहरुलाई जिज्ञासा राखेका थिए ।

उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उठाएका प्रशनहरुको जवाफ दिदै कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले सम्पत्ति कर यो आर्थिक वर्षदेखि अनिवार्य रुपमा लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार नै लिन लागेको स्पष्ट पारे ।

सम्पत्ति कर जग्जा र जग्गामा बनेका सबै प्रकारका संरचनाहरुको एकिकृत कर हो भन्दै रावतले भौतिक संरचनाहरु नबनेको जग्गा मात्र छ भने त्यसको भूमिकर लाग्ने बताए ।

कोहलपुरलाई कस्तो बनाउने भन्ने कुनै रोडम्याप नगरपालिकाले बनाएको छ कि छैन भन्ने सहभागीहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै प्रमुख रावतले भने,‘कोहलपुर नगरपालिकाको एकिकृत शहरी विकास सम्बन्धी पाँच वर्षे, दश वर्षे र पन्ध्र वर्षे विकास योजना बनिरहेको र त्यो केन्द्रबाट शहरी विकास मन्त्रालयको शहरी विकास विभागले पहिलो डिपिआर तयार गरी एक चरणको छलफल समेत सम्पन्न भएको छ ।

नगर प्रमुखकै संयोजकत्वमा एकिकृत शहरी विकास योजना तर्जमा समिति बनेको र त्यस मातहत तीन वटा विषयगत उपसमितिहरु बनाई १५ वटै वडाबाट कुन वडामा कस्तो र कुन प्रकृतिको विकास मोडेल सम्भव छ भन्ने बारेमा सबै सँग छदफल गरी सुझाव सहित आउने व्यवस्था गरिएको छ ।

छिटै कोहलपुरको विकास सम्बन्धी गुरुयोजना भन्ने छ ’ । कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी थारुलेले कर तथा राजश्वका सम्बन्धी विषयमा प्रष्ट्याएकी थिइन् ।

त्यस्तै सडक, खानेपानी,विद्युत ,वाणिज्य संघ, इलाका प्रशासन , ट्राफिक प्रहरी, कोहलपुर नगरविकास समितिका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्ना कार्यालयको क्षेत्राधिकार भित्रका विषयमा उठेका प्रश्नहरुका जवाफ दिएका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरी, ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल कोहलपुर कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्का नगरपालिका वडा न. १० का वडाध्यक्ष निम बहादुर चलाउने, वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर खड्का वडा नं १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का वडा नं १३ का वडाध्यक्ष ओम प्रकाश वली ईलाका प्रहरी कार्यालयका प्रमुख यज्ञ प्रसाद भट्टराई राजनितिक दलका प्रतिनिधि व्यापारी संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ११ गते शुक्रबार