चौंथो अन्तर्राष्ट्रिय योग दिवस मनाइयो



कोहलपुर/  “गरौं योग, रहौं निरोग” भन्ने नाराका साथ चौथो अन्तर्राष्ट्रिय योग दिवस बिहीबार कोहलपुरमा पनि नाइएको छ ।

कोहलपुर नगर स्वास्थ्य (आयुर्वेद) शाखाको आयोजना तथा पतञ्जली योग समिति कोहलपुर, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, आर्ट अफ लिभिङ्ग नेपाल र कोहलपुर प्राकृतिक चिकित्सालयको संयुक्त संयोजनमा सो दिवस मनाइएको हो । यो दिवस २१ जुनको उपलक्ष्यमा मनाउनु गरिन्छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अतिथि समेत रहेका नगर प्रमुख लुट बहादुर रावतले मन तथा आत्मालाई शान्ति राख्न, निरोगी, स्वस्थ र सुखि जीवन जिउँनका लागि योगको अत्यन्तै महत्व रहने बताए । साथै योगका विधिहरु सिक्नु बुझ्नु जरुरी रहेको बताए ।

यस्तै विशिष्ट अतिथि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालका उपाध्यक्ष एवम् क्षेत्रीय प्रमुख ब्रह्माकुमारी दुर्गा दिदीले मन, वचन र कर्मलाई शुद्ध, पवित्र र श्रेष्ठ बनाउन आहारलाई शुद्ध बनायौँ भने त्यो नै सुख शान्तिपूर्ण स्वस्थ जीवन जीउनेको आधार भएको बताइन् । मानिसले आफ्नो दिनचर्यालाई अनुशासित मर्यादित बनायो भने मात्र स्वस्थ बन्न सक्ने बताइन् ।

उद्योग वाणिज्य संघ कोहलपुरका वरिष्ठ उपाध्यक्ष एवं पतञ्जलली योग समिति कोहलपुरका अध्यक्ष नम प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अफ लिविंगका राष्ट्रिय योग प्रशिक्षक काव्य लम्सालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख दत्त राज हमाल, कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारी, डा.विपी रेग्मी, नगर स्वास्थ्य संयोजक गौरीशंकर मण्डल, नेपाल निजामति कर्मचारी संगठन बाँकेका अध्यक्ष अग्नी सापकोटा, विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी, संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायको समेत उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ७ गते बिहीबार