जानकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



नेपालगन्ज/ बाँकेको जानकी गाउँपालिकाले आमनागरिकका लागि निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरेको छ ।

गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य संस्थामा आमनागरिकका लागि निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको हो ।

शिविरमा सर्वसाधारणको उल्लेख्य भीड रहने गरेको छ । आईतवार वडा नं. ३ इन्द्रपुरको रम्वापुरस्थित उपस्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको छ ।

आईतवार मात्रै तीन सय बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण गरेको खजुराखुर्द उपस्वास्थ्य चौकीका इन्चार्ज प्रकाश गौतमले जानकारी दिए ।

शिविरमा हाडजोर्नी, छाला, कान तथा पेटका विरामी धेरै देखिएको बताईएको छ । डा. सन्तोष श्रीपाईली, डा नितु बस्नेत सहित एकदर्जन स्वास्थ्यकर्मीको समूहले स्वास्थ्य सेवा प्रदान गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक गिरबहादुर गुरुड्डले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ३ गते आइतबार