प्रथम उपमेयर छात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन र जनज्योती मावि फाईनलमा



कोहलपुर/   कोहलपुरमा जारी प्रथम उपमेयर क्रिकेट प्रतियोगिताको फाईनलमा त्रिभुवन नमुना मावि र जनज्योती भिड्ने भएका छन् । शनिबार सम्पन्न सेमिफाईनल समिकरणबाट त्रिभुवन र जनज्योती फाईनलका लागि छनोट भएकाहुन् ।

शनिबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा साईनिङ स्टारलाई ८ विकेटले पराजित गर्दै जनज्योतीले फाईनलमा आप्mनो स्थान सुरक्षित गरेको हो ।

टस जितेर पहिले ब्याटिङका लागि उत्रिएको साईनिङ स्टारले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १ सय १३ रन जोडेको थियो । जसका लागी जमुना रानाले २१, स्मृती धामीले १९, मोनिका रानाले १२, सुरक्षा परियार र बिपना वलीले ८÷८ रन जोडेकाथिए ।

साईनिङ स्टारलाई रोक्ने क्रममा जनज्योतीका बलर निर्मला बस्नेतले २ विकेट लिएकी थिईन भने मोनिका आलेले १ विकेट लिएकी थिइन ।

१ सय १४ रनको लक्ष्य पछ्याएको जनज्योतीले मात्र २ विकेटको क्षतिमा लक्ष्यहासिल गरेको थियो । मात्र १३ दशमलव २ ओभरमा जित दर्ज गर्ने क्रममा जनज्योतीका खेलाडीहरु समिक्षा विकले २७, सुमिना चन्दले १४, जुनु बमले १२ र निर्मला बस्नेतले १० रनको योगदान गरेकाथिए ।

प्रतियोगिताको प्लेयर अफ द म्याच १० रन जोड्दै २ विकेट लिन सफल जनज्योतीकी खेलाडी निर्मला बस्नेत घोषित भइन् । यसैबिच दोस्रो सेमिफाईनल खेलमा सगरमाथा बिरुद्ध सहज जित निकाल्दै त्रिभुवन मावि फाईनल चरणमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सगरमाथाले पुरै १५ ओभर खेलीसक्दाजम्मा ६५ रन मात्रजोडेको थियो । निकै संघर्षकाबावजुत सगरमाथाअतिरिक्त २६ रनसँगै ६५ रनमा समेटिएको थियो ।

त्रिभुवन. मा.वि. का बलरहरुले सगरमाथाको ब्याटिङलाईन धारासायीबनाएकाथिए । त्रिभुवनका बलर सृजना पुनले २ विकेट लिएकी थिइन् भने लक्ष्मी रानाभाट र रोशनी शाहाले समान १÷१ विकेट लिएका थिए ।

६६ रनको झिनो लक्ष्य पछ्याएको त्रिभुवन माविले ९ दशमलव १ ओभरमै लक्ष्य पुरा गरेको थियो । त्रिभुवन माविका लागी अलिसा सुनारले २४ रन जोडेकी थिइन् भने सृजना पुन मगरले २१ रनको योगदान गरेकी थिइन् ।

उक्त खेलको प्लेयर अफ द म्याच त्रिभुवनकी सृजनापुन मगर घोषित भइन् । जेठ २६ गतेबाट सुरु भएको प्रतियोगिताको फाईनल खेल भोली (आईतबार) दिनको २ः३० बजे संचालनहुने भएको छ ।

पहिलो पटक संचालित यस प्रतियोगिताबाट क्रिकेटका महिला खेलाडीहरु उत्पादनमा मद्धत पुग्ने विश्वास लिइएको छ ।

नगरभित्रका १२ विद्यालय सहभागी रहेको उक्तप्रतियोगिताको बिजेताले २१ हजार र ट्रफी प्राप्तगर्ने छ भने उपबिजेताले १० हजार ५ सय र ट्रफी प्राप्तगर्ने प्रतियोगिताको ब्यवस्थापन गर्दै आएको मध्यपश्चिमक्रिकेट क्लबले जनाएको छ ।

साथै प्रतियोगिताको आईतबार हुने समापन समारोहमा उपस्थितीका लागि आयोजक कोहलपुर नगरपालिकाले सम्पुर्ण नगरवासी तथा पत्रकारहरुलाई आग्रह समेत गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २ गते शनिबार