बर्दिया,१६ जेठ/ बाँसगढीमा भएको दमौली महिला कप फुटबलको उपाधि सुर्खेत हात पारेको छ । मंगलबार भएको फाईनल खेलमा बर्दियालाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै खुर्खेतले उपाधि हात पारेको हो ।
उपाधिसँगै सुर्खेतले रु ५० हजार १ रुपैयाँ सुरस्कार हात पारेको छ भने उप–विजेता बर्दियाले ३० हजार १ रुपैयाँ नगद शिल्ड र मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै सेमीफाईनलमा पुग्ने बर्दिया बी टिम र दैलेखले प्रमाण पत्र सहित रु १० हजार नगद, उत्कृष्ट खेलाडिलाई नगद रु ५ हजार, उत्कृष्ट फरवार्ड, गोलकिपर, डिफेन्स, सर्वाधिक गोलकर्तालाई ३ हजार पुरस्कार प्रदान गरिएको आयोजक जनजागृति समाज कल्याण युवा क्लव दमौलीका सचिव पवन गुरुङले जानकारी दिए ।
‘‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित जनजागृति समाज कल्यान युवा क्वल दमौली बर्दियाकोे आयोजनामा र गुरुंङ्ग डाइभिंग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि दमौली, पुर्ण गार्ड सेक्युरेटी सर्भिस प्रालि काठमाडौको मख्य प्रायोजनमा प्रतियोगिता भएको हो ।









प्रतिक्रिया दिनुहोस्