नेपालगन्ज,११ जेठ/ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संविधान कार्यान्वयनतर्फ ध्यान केन्द्रित गर्नका लागि कर्मचारीहरुलाई आग्रह गरेका छन् । 
निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन प्रदेश नं. ५ को प्रदेश स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेपालगन्जमा सम्वोधन गर्दै मन्त्री पोख्रेलले संबिधान कार्यान्वयन पछि सबैका हक अधिकार स्थापित हुने भएकोले सबै कर्मचारीहरुले संविधान कार्यान्वयनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
मन्त्री पोख्रेलले कर्मचारीहरुका धेरै समस्याहरु रहेकोले कर्मचारीहरुको हित, राष्ट्रको हित र संबिधान कार्यान्वय हुने गरी प्रदेश सरकारलाई सुझाव दिनका लागि अनुरोध समेत गरे ।
साथै कर्मचारीहरुको सेवा सुविधा, वृत्ति, विकास र ट्रेड युनियन अधिकारका लागि प्रदेश सरकार छलफल गर्नका लागि तयार रहेको बताउ“दै एजेण्डा सहित छलफलमा आउनका लागि अनुरोध समेत गरे । देश विकासमा कर्मचारीहरुको निकै ठुलो जिम्मेवारी रहेकोले राष्ट्र सेवक र जिम्मेवार भएर आफनो जिम्मेवारी बहन गर्न पनि पोख्रेलले अनुरोध गरे ।
कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका केन्द्रीय पदाधिकारी, प्रदेश नं.५ का १२ जिल्लाका निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका पदाधीकारी र विभिन्न ट्रेडयुनियन संवद्धहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्