नेपालगन्ज,८ जेठ/ नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित नेपालगन्ज स्वास्थ्यचौकीको सामाजिक परिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको
छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथाबास नेपालगन्जको आयोजनामासो स्वास्थ्यचौकीको आम भेला सम्पन्न भएको हो ।
आम भेलाको शुरुवातमा स्वास्थ्यचौकीले गरेका कार्यक्रम तथा प्रगतिको बारेमा स्वास्थ्यचौकी ईन्चार्ज सिताराम चौधरीले प्रस्तुत गरेका थिए भने आम भेलापूर्व
गरिएको अवलोकन, अतरक्रिया, भेटघाट, लक्षित समुह छलफलमा प्राप्त तथ्यहरुको बारेमा सामाजिक परिक्षक प्रतिक्षा गिरीले जानकारी गराएकी थिइन् ।
त्यस पश्चात खुल्ला गरिएको छलफलबाट ४ बुदें कार्ययोजना निर्माण गरिएको छ । यसरी निर्माण गरिएका कार्ययोजनामा स्वास्थ्य संस्थाका लागि आवश्यक जनशक्ति माग गर्ने, महिला स्वास्थ्य स्वयम् सेवीकाहरुको प्रोत्साहनका लागि आवश्यक रकम माग गर्ने, २०७५ असार १५ सम्म वडालाई पूर्ण खोप घोषणा गर्ने, वडामा सार्वजनिक शौचालय निर्माणको पहल गर्ने रहेका छन् ।
कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष एबम् वडा अध्यक्ष बुद्धि सागर सुबेदी, जिल्ला जनस्वास्थ्य कार्यालयकी सरिताचन्द, ईन्चार्ज चौधरी, बासका अध्यक्ष मन भण्डारी लगायतको उपस्थितीमा सम्पन्न आम भेलामा ६० बढीको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्