मृतकका आफन्त र स्थानीय प्रशासन बीच ४ बुँदे सहमति



कोहलपुर,४ जेठ/   बुधबार सडक दुर्घटनामा परी ज्यान गुमाएका शिक्षकका आफन्त र स्थानीय प्रशासन बीच चार बुँदे सहमति भएको छ ।

कोहलपुरमा बसेको स्थानी जनप्रतिनि धि, राजनीतिक दल, समाजसेवी, शिक्षक, विद्यार्थी लगायतको सर्वपक्षिय बैठकले विभिन्न चार बुँदे सहमति गरेको हो ।

बैठकले मृतक शिक्षक ऋषिराम चापागाईले अध्यापन गराउँदै आएको विद्यालय राम माविमा उहाँकी श्रीमतीलाई योग्यताअनुसारको रोजगारीको व्यवस्था गर्ने, गमडी चालकलाई सवारी तथा यातायात व्यावस्था ऐन–२०४९ अनुसार कारवाही गर्ने, कोहलपुर नगरपालिकाले अक्षयकोष खडा गरी मृतकका बालबच्चालाई पठन पाठनका लागि कम्तीमा स्नातक तहसम्म सहयोग गर्ने र यस घटनाका विषयलाई लिएर मृतकका आफन्त तथा विद्यार्थीहरुले कुनै पनि विरोध आन्दोलन र चक्काजाम नगर्ने तथा सो घटनाको विरोधका क्रममा पक्राउ परेकाविद्यार्थीहरुलाई तुरुन्त रिहा गर्ने लगायतका सहमति भएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ४ गते शुक्रबार