प्रधानमन्त्री ओली छिट्टै चीन भ्रमणमा जाने



काठमाडौं,३० वैशाख/   प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताउनु भएको हो ।

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्रनीति मित्रतामा आधारित हुने पनि स्मरण गराउनु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ३० गते आइतबार