कोहलपुर,१३ वैशाख/ कोहलपुर नगरपालिका–१२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खड्कवारलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी एभरेष्ट बैंक शाखा कार्यालय कोहलपुरले आफ्नो बैंकको सामाजिक उत्तरदायित्व कोषअन्तर्गत सो शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो ।
बैकले सामाजिक उत्तरदायित्व कोषअन्तर्गत प्रत्येक वर्ष विभिन्न विद्यालयलाई शैक्षिक सामग्रीका साथै अन्य खेलकुदका सामग्रीहरु समेत वितरण गर्दै आएको बैंकका कोहलपुर शाखा प्रमुख सुवास बुढाथोकीले बताए ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर खड्काले एभरेष्ट बैंकले विद्यायलाई गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीको प्रमुख आतिथ्यतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा, कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का, विद्यायलका शिक्षक, बंैकका प्रतिनिधि लगायतको सहभागिता रहेो थियो ।









प्रतिक्रिया दिनुहोस्