कोहलपुर,१३ वैशाख/ बाँकेको बैजनाथ गाउँपालिकामा विश्व औलो दिवस २०१८ को अवसरमा सरोवारकारवाला निकायँंग अन्तरक्र्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय सुर्खेतको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाको व्यवस्थापनमा भएको कार्यक्रममा मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले औलो रोगबारे तयार गरिएका सामग्री स्लाइड मार्फत मध्यपश्चिम क्षेत्रमा औलो रोगको अवस्थाबारे स्थिति विवरण प्रस्तुत गरेका थिए ।
मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय सुर्खेतकी निर्देशक रिता जोशी भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरोकारवाल निकायका प्रतिधिहरुसँग बाँकेमा औलो रोगको अवस्थाबारे अन्तरिक्रिया गरिएको थियो ।
सो कार्यक्रमा बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मा, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त जनस्वास्थ्य प्रमुख प्रेम केसी, बैजनाथ स्वास्थ्य शाखाका प्रमुख गण्ोश थापा, जिल्ला जनस्वास्थ्यकी मलेरिया फोकल पर्सन दुर्गा गौतम, बैजनाथ गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष, स्वास्थ्य स्वयंसेविका, गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्