पानीकोमा डुबेर बालकको ज्यान गयो



डोटी,३० चैत/  पूर्वीर्चौकी गाउँपालिका –५, का दुई वर्षीय बालक धनबहादुर धानुकको पानीको बाल्टिनमा डुबेर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार आफ्नै घरको शौचालयमा प्रयोगका लागि राखिएको पानीको बाल्टिनमा डुबेर स्थानीय बृजबहादुर धानुकका छोरा धनबहादुरको ज्यान गएको हो ।

खेल्ने क्रममा पानीले भरिएको बाल्टिनमा डुबेर धनबहादुर अचेत भएका थिए । उपचारका लागि डोटी जिल्ला अस्पताल ल्याउने क्रममा उनको बाटोमै ज्यान गएको डोटी प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३० गते शुक्रबार