१५ सय मिटर दौडमा छात्रतर्फ सुवास र छात्रातर्फ कमला प्रथम



कोहलपुर,२८ चैत/  बाँकेको राप्तीसोनारीमा जारी १०औं राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा मंगलबार भएको खेलमा सरस्वती मावि भवनियापुरले अग्रता लिएको छ ।

प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको सरस्वती माविले १५ सय मिटर दौड क्षात्रातर्फ स्वर्ण पदक जित हात पार्न सफल भएको छ ।

सरस्वती माविकी कमला जैसी प्रथम, गोर्खा युनाइटेड पव्लिक स्कुल कि विष्ष्णा कुमाल द्धितीय र सिद्धेश्वर माविकी सुशिला थारु तृतिय हुन सफल भइन् ।

यसैगरी १५ सय मिटर क्षात्रतर्फ ज्ञानज्योति पब्लिक स्कुलका सुवास वराल प्रथम, सरस्वती मावि भवनियापुरका सागर थारु दृतिय र दिपज्योति चिसापानीका क्षेत्रपाल थापा तृतिय भएका छन् ।

४ सय मिटर रिले दौडमा पनि सरस्वतीकै मावि अग्रता रहेको छ । मंगलबार भलिवल, कबड्डी र हाइजम्प, कराते लगायतका विभिन्न खेल सम्पन्न भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २८ गते बुधबार