नेपालगन्ज,१७ चैत/ बाँकेको पहिचानलाई विश्वव्यापी बनाउन बृहत साहित्य सम्मेलन गर्नुुपर्ने नेपालगन्जमा आयोजिक साहित्यिक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् ।
शनिबार मध्यपश्चिम श्रष्टा समाज, बाँकेको आयोजनामा नेपालगन्जमा आयोजित बहुुभाषिक कवि गोष्ठी तथा तथा श्रष्टा सम्मान कार्यक्रमका सहभागिले सो सुझाव दिएका हुन ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ कथाकार सनत रेग्मीले नेपालगन्ज विविध भाषाभाषीको शहर भएकोले बहुुभाषिक कवि गोष्ठीको महत्व रहेको र यसले एकआपसमा भातृत्व बिकास, सामाजिक सद्भाव फैलाउन महत्वपुुर्ण भुुमिका खेल्ने बताए ।
उनले नेपालगन्जमा एउटा बृहत राष्ट्रियस्तरको साहित्यिक सम्मेलन गर्ने ईच्छा रहेको बताउदै नयाँ श्रष्टाहरुलाई अग्रज साहित्यकारको लेख रचना अध्ययन गर्न अनुुरोध समेत गर्दै भने–‘ म नयाँ सूष्टालाई अग्रजको लेख रचना अध्ययन गर्न सुझाव दिन्छु । जस्ले गर्दा साहित्य लेखनमा निखारता आउने छ ।’
साहित्यलाई सम्वृद्धितर्फ अगाडि बढाउन बाँके जिल्लामा रहेका सम्पूर्ण साहित्य संस्था मिलेर एक बृहत कार्यक्रमको आयोजना गर्नुु पर्ने र बाँकेलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा एकपटक फेरि चिनाउनुु पर्ने समय आएको उनको भनाई थियो ।
सो सम्मान कार्यक्रममा शिक्षामा योगदान पुु¥याए वापत रुद्रपतिलाल कर्ण, सामाजिक सेवाको लागि नर्बदा शर्मा खनाल, साहित्य सृजनामा योगदान पुु¥याए वापत मोहम्मद अमित ख्याली, शिक्षा र सृजनामा योगदान पुु¥याए वापत किरण आर्चाय र साहित्य उन्नयन र सृजनाको लागि प्राज्ञ हरि प्रसाद तिमिल्सिनालाई सम्मान पत्र र दोसल्ला ओढाएर प्रमुुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ रेग्मीले सम्मान गरेका थिए









प्रतिक्रिया दिनुहोस्