बुलबुले तालमा डुङ्गा संचालन



सुर्खेत,४ चैत/  पर्यटन प्रवर्द्धनका लागि सुर्खेतको बुलबुले तालमा डुङ्गा संचालन सुरु गरिएको छ ।

सुर्खेत उपत्यका नगर विकास समितिको पहलमा भेरी कर्णाली र्‍यापिड एड्भेन्चर प्रालिले डुङ्गा संचालनमा ल्याएको हो । बुलबुले उद्यानमा रहेको ठूलो तालमा सुरुमा परीक्षणको रुपमा १५ दिनका लागि डुङगा संचालनमा ल्याइएको उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले जानकारी दिनुभयो ।

परीक्षणको सुरुवातमा एउटा मात्र डुङ्गा संचालन गरिएको र पर्यटकहरुको चापलाई हेरेर अरु ढुङ्गा थप गरिने उहाँले बताउनुभयो । उहाँले बुलबुलेमा पर्यटकहरुको थप आकर्षण हर्न अपेक्षा गरिएको भन्दै यसलाई व्यवसायिक रुपमा संचालन गरिने बताउनुभयो ।

‘हामीले पर्यटन व्यवसायीसँग सहकार्य र समन्वय गरेर डुङ्गा संचालनमा ल्याएको हौँँ ।’ उहाँले भन्नुभयो, ‘यसले पर्यटन प्रवर्द्धनमा थप सहयोग हुने अपेक्षाका लिएका छौँ ।’

उहाँले पहिलेको भन्दा सुरक्षाका लागि यसपटक लाईफ ज्याकेटको व्यवस्था गरिएको र अब बुलबुलेमा निरन्तर डुंगा संचालन हुने बताउनुभयो ।

-ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ४ गते आइतबार