चोरी शिकार नियन्त्रण युवा जागरण दिवस मनाइयो



कोहलपुर,२० फागुन/  समुदायमा आधारित चौथो राष्ट्रिय चोरी शिकार नियन्त्रण युवा जागरण दिवस शनिबार कोहलपुर नगरपालिका – १३ खड्कवारमा भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश नं ५ की उप सभामुख कृष्णी चौधरीले पानसमा दियो बालेर उद्घाटन गरेकी थिइन् ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि चौधरीले बाँकेलाई पर्यटकीय क्षेत्र बनाउन आफू प्रयासरत भएको बताइन् । पर्यटकीय क्षेत्र बनाउनका लागि म तयार छु उनले भनिन् ।

युवाको जागरण बाघ–चितुवाको संरक्षण भन्ने मुल नाराका साथ मनाइएको सो दिवसमा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत डिल बहादुर पुर्जापुनले स्वागत मन्तव्य राखेसंगै सुरु भएको सो कार्यक्रममा विभिन्न मध्यवर्ती समुहका सदस्यहरु समुदायमा टप्पा नाच मयुर नाच लगायत थुप्रै झाँकी समेत प्रस्तुत गरिएको थियो ।

कोहलपुरको सेक्टर वन कार्यालयबाट हात्ती सहितको ¥यालीले न्युरोड, दशविगाह, चप्परगौडी हँुदै खड्कवार सम्म पुगेको थियो । सो अवसरमा चर्चित लोकतथा दोहोरी गायक मिलन लामाले आफ्ना प्रस्तुतिबाट थुप्रै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

सो अवसरमा चोरी शिकार नियन्त्रणमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा पर्सा वन्यजन्तु आरक्ष, कोशी टप्पु वन्यजन्तु आरक्ष बर्दिया राष्ट्रिय निकुज्जबाट समेत समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानका सदस्यहरु उपस्थित थिए ।

कार्यक्रममा बाँके क्षेत्र नं. १ का ‘ख’ की प्रदेश सभा सदस्य आरती पौडेल, क्षेत्र नं. १ को ‘क’ की कृष्णा के.सी नमुना, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, जिल्ला वन कार्यालय बाँकेका प्रमुख पुष्पराज वर्तौलाले, कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, उप प्रमुख सञ्जु चौधरी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनी कुमारी खत्री, जिल्ला वनस्पति कार्यालय बाँकेका प्रमुख सुनिल आचार्य, सामुदायिक वन महासंघ बाँकेका अध्यक्ष डिल्ली गिरी, कोहलपुर नगरपालिका अन्र्तगतका वडा अध्यक्षहरु विभिन्न मध्यवर्तीका अध्यक्षहरु उपभोक्ताहरु संरचारकर्मी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष गेहेन्द्र कुमार खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २० गते आइतबार