नृत्य प्रतियोगितमा १० विद्यालय सेमिफाइनलमा



कोहलपुर,५ फागुन/   बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ मा विद्यालय स्तरिय नृत्य प्रतियोगितामा कोहलपुर क्षेत्रका १० वटा विद्यालय सेमिफाईनलमा पुगेका छन् ।

महोत्सवमा कुल २० वटा विद्यालयले सहभागिता जनाएका थिए भने सेमिफाईनलमा पञ्चमुखी ई.मि. स्कुल, एभेष्ट सैनिक स्कुल, साईनिङ्ग स्टार स्कुल, निम्बल एकेडेमी, कोहलपुर लिटिल ऐन्जल्स स्कुल, तक्षशिला ई.मि. स्कुल, जनज्योति स्कुल, बाल विद्या मन्दिर स्कुल, ग्रिनपिस स्कुल र बागेश्वरी एकेडेमी पुगेका छन् ।

साथै यिनै विद्यालयहरु मध्येबाट ४ वटा विद्यालय फाईनमा पुग्ने छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ५ गते शनिबार