अधिकांश श्रीमतीमा श्रीमानबाटै एचआईभी संक्रमण



नेपालगञ्म,३ फागुन/    बाँके जिल्लामा एचआईभी संक्रमित महिलामध्ये अधिकाश आफ्नै श्रीमानबाट संक्रमित भएको पाएको छ । विवाहपछि श्रीमानबाट एचआईभी संक्रमित भएका महिलाको संख्या बढ्दो अवस्थामा पुगेको छ ।

सोमबार नेपालगन्जमा एएचएफ नेपालद्वारा विश्व कण्डम दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी एचआईभी संक्रमित महिलाले आफूहरु आफ्नै श्रीमान कारण संक्रमित भएको बताएका छन् ।

बाँके जिल्लामा रहेका ९ सय ६२ जना एचआईभी संक्रमित मध्ये महिला सख्या ४ सय १४ जना रहेका छन् । सल्यान घर भई नेपालगन्जमा बस्दै आएकी ३८ वर्षीय केशरी नेपाली (नाम परिवर्तन)ले श्रीमान कै कारण आफू एचआईभी संक्रमति भएको बताइन् ।

आफूलाई स्वास्थ्य समस्या देखिएपछि उपचारका क्रममा एचआईभी संक्रमित प्रमाणित भएको उनको गुनासो छ । श्रीमानले रोग लुकाउँदा, सुरक्षित यौन सम्पर्क नराख्दा आफु एचआईभी एड्स संक्रमणको सिकार भएको उनले दुखेसो पोखिन् ।

बाँकेमा रहेका ४ सय १४ महिला एचआईभी संक्रमितमा ९० प्रतिशत श्रीमानकै कारण भएको भेटिएका छन् । नेपालगन्ज उपमहानगर–पालिकाकी २८ वर्षीय पुष्पा थापा (नाम परिवर्तन) ले श्रीमान कै कारण आफू र बच्चामा एचआईभी संत्रमण भएको बताइन् ।

विवाहपछि पेटको पहिलो बच्चा गर्भमा रहँदा मात्र आफू संक्रमित भएको थाहा पाएको उनको भनाइन् छ । यी त केही उदाहरण मात्र हुन् । बाँके जिल्लामा श्रीमान वा पुरुषबाट एचआईभी संक्रमितको संख्या बढिरहेको छ । त्यसमा पनि श्रीमानसंगको यौन सम्पर्कबाट संक्रमणमा परेका छन् ।

गत आर्थिक वर्ष २०७३÷०७४ को जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याक अनुसार बाँकेमा पुरुष ५ सय ३५, तेस्रोलिंगी १ सय १३ र महिला ४असय १४ जना एचआईभी संक्रमति छन् । जिल्लामा अहिलेसम्म एचआईभी एड्सको संक्रमणबाट १ सय १३ जनाको मृत्यु भएको छ ।

भेरी अञ्चल अस्पताल नेपालगन्जमा एचआईभी फोकल पर्सन डा. संकेत रिसालले युवाहरु नै बढी एचआईभी संक्रमित भैइरहेकोले उनीहरुबाटै विवाहित महिलामा संक्रमण सर्ने गरेको बताए ।

भेरीअञ्चल अस्पतालमा अहिले एआरटी ३ सय ९४ जना, टिबी एचआईची २२ जना , संक्रमित बालबालिका २६ र ओएसटी ८४ सहित ५ सय २६ जना उपचारार्थ छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ३ गते बिहीबार