महासंघ बाँके शाखाले आज स्थापना दिवस बनाउदै 



नेपालगञ्ज,२८ माघ/  नेपाल पत्रकार महासंघ बाँके शाखाले आफ्नो २९ औं स्थापना दिवस आज विविध कार्यक्रम गरी बनाउदै छ । माघ २८ गते लाई बाँके शाखा स्थापना भएको दिनको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा महासंघले आज बिहान ८ वजे पत्रकार महासंघ बाँके शाखाको कार्यालयबाट प्रभातफेरि सुरु गरी पुष्पलाल चोक, धम्बोझी चोक हुँदै ग्यालेक्सी दरबारमा पुगेर कार्यक्रमा परिणत हुने जानकारी गराएको छ ।

यस्तै दिवसकै अवसरमा शुभकामना आदानप्रदान र केक काटेर बर्थ डे मनाउने समेत कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले जानकारी गराए ।

दिवसकै अवसरमा महासंघ बाँके शाखाका पुर्व अध्यक्ष र पुर्व केन्द्रीय पदाधिकारीहरुलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष थारुले बताए ।

स्थापना दिवस मनाउन पाउँदा पत्रकार महासंघ गौरवान्वित भएको उनको भनाइ छ । स्थापना दिवसको कार्यक्रममा पत्रकारहरुको सक्रिय सहभागिताका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले अनुरोध समेत गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २७ गते शनिबार