कोहलपुर,२६ माघ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय कोहलपुरले शुक्रबार विविध कार्यक्रम गरी आयोगको २७औं स्थापना दिवस मनाएको छ ।
आयोगले दिवसका अवसरमा कोहलपुर नगरपालिका–११ चौराहामा रहेको राम जानकी मन्दिरका वृद्धवृद्धा, पुजारी र भक्तजनहरुलाई अन्न तथा फलफूल वितरण गरेको थियो ।
मन्दिर परिसरमा भएको कार्यक्रमको समापन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले अख्तियार सरकारको एउटा संवैधानिक आयोग भएकोले आयोगले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष सचेतनामूलक तथा अन्य सामाजिक कार्यहरु समेत गर्दै आएको बताए ।
यस्तै राम जानकी मन्दिरका पुजारी देवराज आचार्यले अख्तियारले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै खुसी व्यक्त गरे । सोही अवसरमा मन्दिर परिसर समेत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्