नेपालगञ्ज,२१ माघ/ नेपाली आधुनिक संगितका क्षेत्रमा वर्षौदेखि राज गर्दै आएका गायक राजेश पायल राई आज नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा आउने भएका छन् । आधुनिक गायनका सम्राट समेत मानिने राई पहिलो पटक नेपालगञ्ज आउन लागेका हुन् ।
आयोजकको विशेष आग्रहमा राई महोत्सवमा सहभागी हुन आइतबार नेपालगन्ज आउन लागेका सांस्कृतिक उपसमितिका संयोजक श्याम सुन्दर अधिकारीले जानकारी दिए । दर्शन नमस्ते सिरिजबाट नेपाली मनमस्तीष्कमा बस्न सफल गायक राईले आइतबार महोत्सवमा हंगामा मच्चाउने बताइएको छ ।
राईका अलावा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र दिनेश काप्mले पनि महोत्सवमा आउँदै छन भने १ लाख नगद पुरस्कारको राही मार्ट नृत्य प्रतियोगिताको नतिजा समेत सार्वजनिक गर्ने तयारी गरिएको छ ।
आइतबार यस क्षेत्रकै सर्वाधिक राशीको नृत्य प्रतियोगीताको बिजेता घोषणा गर्ने कार्यक्रम रहेको साँस्कृतिक उपसमितिका संयोजक तेपेन्द्र बिक्रम शाहाले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्