नेपालगञ्ज,१८ माघ/ नेपालगन्जमा रहेको ग्यास सप्लायर्स तथा ग्यास पसलहरुमा बिहिबार छड्के चेकजाँच गरिएको छ । नेपालगन्जको ग्यास सप्लायर्स तथा विभिन्न पसलमा छड्के चेकजाँच गर्दा पसलमा ग्यास नाप्ने यन्त्र नभई बेचेको पाइएको छ ।
हरेक ग्यास पसलमा ग्यास नापेर दिने ऐन रहेपनि विना नापतौल विक्रि वितरण भैरहेको पाइएको वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।
नेपालगन्ज भित्रै रहेका पसलमा नापतौल नगरी विक्रि वितरण तथा समय नाघेका पेयपदार्थ विक्री गरेको पाइएको उनले जानकारी दिए । नेपालगञ्जको टागा स्टेशन नजिक रहेको कृतिका सप्लायर्समा ५० रुपैया बढि लिएर ग्यास विक्री गरेको पाइएको छ ।
यस्तै शंकर दयाल बद्रि प्रसाद किराना पसल, विजय टे«डर्स, कृष्ण टे«डर्स र तिवारी एग्रोभेटमा अनुगमन समितिले छापा मारेको हो । अनुगमनमा गुणस्तर प्रमाणित नभएको २ वटा ५ केजीको ग्यास विजय ट्रेडर्सबाट जफत गरिएको अनुगमन समितिका संयोजक पौडेलले बताए ।
यस्तै अन्सारी ट्रेडर्सबाट फ्रिजमा समय नाघेको पेयपदार्थ करिव २ सय बढि नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । जफत गरिएको र उप्रान्त यस्तो कार्य नदोहोरिन दिन अनुगमन समितिले ७ दिनभित्र सुधार गर्नुपर्ने अल्टिमेटम दिएको छ ।









प्रतिक्रिया दिनुहोस्