काठमाडौं, १७ माघ/ निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको लागि आचारसंहिता लागु भएको समयसम्म कुनै पनि शीर्षकमा आर्थिक सहायता वितरण नगर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले बुधबार विज्ञप्ति निकालेर आचारसंहिताको अवधिमा कुनै पनि आर्थिक वितरण नगर्न गृह र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
यसअघि वितरण गरिएको आर्थिक सहायताको विवरण पटक पटक माग गर्दा पनि अर्थ र गृहमन्त्रालयले नदिएको भन्दै आयोगले विवरण पेश गर्नको लागि मुख्यसचिवलाई आग्रह गर्ने पनि आयोगले जनाएको छ ।
माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू गरेको भएको अवस्थामा सहायता वितरण गर्ने प्रयोजनका लागि रकम निकासा नगर्न नगराउन अर्थ मन्त्रालयलाई र यस किसिमको रकम वितरण नगर्न नगराउन गृह मन्त्रालयलाई पत्र लेखेर पठाउने र यसको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराउने पनि आयोगले निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्