कोहलपुर जेसिसले ग¥यो रक्तदान



कोहलपुर,१७ माघ/ कोहलपुर जेसिसको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको रक्तसंकलन केन्द्रमा भएको रक्तदान कार्यक्रम १० जना महिला सहित ५२ जनाले रक्तदान गरेका कोहलपुर जेसिसका जेसि एवं रक्तदान कार्यक्रमका संयोजक नारायण पोख्रेलले जानकारी गराए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहायक निर्देशक डा. दिनेश कुमार श्रेष्ठका प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । शहिद दिवसको अवसरमा ज्ञात अज्ञात शहिदहरुको सम्मानमा कोहलपुर जेसिसले गरेको कार्यक्रममा प्रमुख अतिथि डा. श्रेष्ठले जेसिसको रक्तदान कार्यक्रमको ब्यानर पढेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा कोहलपुर जेसिसकी कार्यकारी उपाध्यक्ष जेसि संगीता सुवेदीले जेसिस आस्थाको आस्थापाठ गरेर कार्यक्रमलाई मानवीय संवेदना सँग जोड्ने काम गरेकी थिइन् ।

प्रमुख अतिथि श्रेष्ठ स्वयमले रक्तदान गरेका थिए । कोहलपुर नगरपालिका –११ पिपलचौतारा नजिकै व्यवसाय गर्ने २४ वर्षिय खिना खड्काले आफूले पहिलो पटक रक्तदान गरेको बताइन् ।

उनले भनिन् ,– ‘ रक्तदान जीवन दान भन्छन् , यही सम्झेर मैले दिएको रगतले कसैको जीवन बाँच्न सक्यो भने ठूलो पुन्य काम हुने सोचेर रक्तदान गरेकी
हुँ ।’ कोहलपुर जेसिसका युवा जेसिहरु, नेपाली सेना ,व्यवसायी तथा खेलाडीहरुले रक्तदान गरेका थिए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराई, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक काली बहादुर के.सी., शिक्षण अस्पताल कोहलपुरका कर्मचारी युनियनका याम बहादुर खड्का, पत्रकार भीम रावत ,कोहलपुर उद्योग वाणिज्य संघका सदस्य चण्डी प्रसाद गैरे ,जेसि हेमराज खनाल, कोहलपुर जेसिस वर्ष २०१८का अध्यक्ष बुद्धि थापा लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार