एमाले विवाद समाधानका लागि १० जनाको कार्यदल गठन



 

काठमाडौं । 

नेकपा (एमाले)ले पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल बनाएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको हो।

कार्यदलमा कार्यदलमा दुबै पक्षका ५/५ नेता रहेका छन्। ओली पक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र आफ्नो तर्फबाट भीम रावलले नेतृत्व गर्ने नेता नेपालले बताए।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पाैडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। यस्तै, नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन्।

कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। वार्तापछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले पार्टी एक भएर अघि बढ्ने बताए।

वरिष्ठ नेता नेपालले पनि पार्टीभित्र सकारात्मक वातावरण बनेको बताए। उनले आफूले यसअघि ओलीलाई पठाएको ६ बुँदे मागबारे छलफल भएको बताए।

फुटको संघारमा पुगेको एमालेभित्र पछिल्लो संवादको वातावरण बनेको छ। शुक्रबार दुवै पक्षका संयुक्त छलफलपछि आइतबार दुई नेताले एक्लाएक्लै छलफल गरेका हुन्।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २ गते आइतबार