बाँसगढी नगर स्तरीय ‘मेयर कप’ सम्पन्न



बाँसगढी,१६ माघ/  बर्दियाको बाँसगढीमा यही माघ ११ गते देखि सञ्चालन भएको बाँसगढी नगर स्तरीय प्रथम ‘मेयर कप रनिङ शिल्ड’ खेलकुद प्रतियोगीता सम्पन्न भएको छ ।

“गुणस्तरीय जिवनका लागि शिक्षा, स्वस्थ जीवनका लागि खेलकुद” भन्ने नारा सहित बाँसगढी नगरपालिकाको आयोजना, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुरको सहआयोजना र आथित्यमा सञ्चालन भएको हो ।

प्रथम मेयर कप खेलकुद प्रतियोगीता समापन समारोहमा बाँसगढी नगरपालिकाका मेयर सालिकराम अधिकारीले विभिन्न खेलकुद विधामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार, शिल्ड मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगीतामा १३ वटा सामुदायिक र ३ वटा संस्थागत गरी १७ विद्यालयले विभिन्न खेलकुद विधामा भाग लिएका थिए । जसमा भलिबल छात्र –छात्रा, कबर्दी छात्र–छात्रा, एथलेटिक्स अन्तर्गत रिले दौड, सट फुट, ज्यापलिङथ्रो ,हाईजम्प लङजंम्प, मार्सलआर्स, कराँते र तेक्वान्दो लगायतका खेलहरु भएका थिए । पहिलो पटक भएको मेयर कप प्रतियोगीता ११ गते देखि १५ गते सम्म सञ्चालन भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १६ गते मंगलबार