18 January 2022  |   मङ्लबार, माघ ४, २०७८

‘स्लो बाइक रेस’ मा यादव प्रथम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३  

कोहलपुर, भदौ २१
कोहलपुर जेसीजको आयोजनामा संचालित जेसीज सप्ताहको तेश्रो दिन सोमबार ‘स्लो बाइक रेस’ प्रतियोगीता गरिएको छ । प्रतियोगीतामा सन्दिव यादव प्रथम भएका छन् । करिब ४० जना प्रतिस्पर्धी मध्ये स्लो बाईक चलाएर उत्कृष्ट भएका भएको कोहलपुर जेसीज अध्यक्ष हेमराज खनालले जानकारी दिए ।
कार्यक्रममा मध्यपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय कोहलपुरका प्रमुख प्रहरी उपरिक्षक कमल प्रसाद खरेलले अधिकांश दुर्घटना तीव्र गतिका कारण हुने भएको बताउँदै यस्ता किसिमका कार्यक्रमले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने धारणा व्यक्त गरे । कार्यक्रममा कोहलपुर व्यापार संघका अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कोहलपुर जेसीजका सचिव उत्सव काफ्लेको संयोजकत्वमा भएको थियो ।

प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३     1:07:48 PM  |