नेपालगञ्ज,१४ माघ/ राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम अन्तरगत स्तरउन्नती भैरहेको सडक, कल्र्भट तथा ह्युमपाईपको आइतबार जिल्ला सम्मन्वय समिति बाँकेद्वारा अनुगमन गरिएकोछ ।
आरआरएइम बाँकेको सम्झना, खजुरा, राधापुर तथा हिरमिनियाको होलिया, नयाँगाउँ सम्मको सडक कालोपत्रे, कल्र्भट तथा ह्युम पाइपको अनुगमन गरिएको हो ।
जिल्ला सम्मन्वय समिति बाँकेका अध्यक्ष अजय कुमार श्रीवास्तवको अध्यक्षतामा भएको अनुगमनमा जिल्ला प्राविधिक कार्यालय संलग्न जिल्ला स्तरीय अनुगमन समितिले सडक कालोपत्रे, कल्र्भट तथा ह्युमपाईपको अनुगमन गरेको हो ।
आरआरएम महेन्द्रनगर हिरमिनिया होलिया सडक ५.६ किलोमिटर कालोपत्रे, कल्र्भट निर्माण गरिएको छ । हिरमिनिया चोक, बन्दिपुर्वा, महानपुर्वा, बाजीपुर्वा, जंगलपुर्वा र नयाँबस्ती सम्म कालोपत्रे गरिएको छ ।
कुल रु ४ करोड ९२ लाख २१ हजार ४ सय ६८ लागतमा बनेको कालोपत्रे सडकबाट १५ सय ६१ घरधुरीका ११ हजार ५ सय १६ जना परिवार लाभान्वित भएका छन् ।
निर्माण भएको सडकको कुल चौडाई ६.७५ मिटर रहेको छ भने गाडी गुड्ने सतह कालोपत्रे ३.७५ मिटर रहेको जिल्ला सम्मन्वय समिति अन्तरगत रहेको प्रमुख जिल्ला इन्जिनियर कमल कुमार अधिकारीले जानकारी गराए ।
यस्तै बाँकेकै सम्झनाचोक, खजुरा राधापुर सडक ३३.८ किलोमिटर कालोपत्रे गरिएको प्रमुख जिल्ला इन्जिनियर अधिकारीले बताए ।
सडक कालोपत्रे भएका पितामरी, डिगिया, गुनापुर, लालपुर, सम्झनाचोक, रनियापुर, मनकामना, खजुराबजार, विगाउँ, ए गाउँ, के गाउँ र चन्द्र नगर पर्ने गर्दछ ।
६ हजार २ सय ५३ घरधुरी भएका ती गाउँका कुल ५० हजार २४ जनाले प्रत्यक्ष लाभान्वित भएको इन्जिनियर अधिकारीले बताए । ३३.८ किलोमिटर कालोपत्रे सडकका लागि रु २१ करोड ७८ लाख ९ हजार ७ सय २४ रुपैया लागतमा निर्माण भएको हो ।
अनुगमन समितिका अध्यक्ष श्रीवास्तवले सडक कालोपत्रेले जनता लाभान्वित भएको बताए । सडक कालोपत्रे भएपछि धेरै जनता खेती तथा विभिन्न पेशामा समेत आवद्ध भएको र व्यवसाय प्रवद्र्धनमा समेत लागेको उनको भनाई छ ।
पुराना बाटो जिर्ण भएपनि नयाँ बाटो भने राम्रो र गुणस्तर बनेको जिल्ला सम्मन्व समितिका संयोजक श्रीवास्तवले बताएका छन् । पुराना भत्किदै गएको र नयाँ बाटो विस्तार भएको हुनाले पुरानालाई पनि निर्माण गरिनुपर्ने उनको सुझाव छ ।









प्रतिक्रिया दिनुहोस्