क्युपेक नेपाल नगर कमिटिले मागपत्र बुझायो



कोहलपुर,११ माघ/  नेपाल बिजुली,पेन्टर,पलम्बर तथा निमार्ण मजदुर युनियन (क्युपेक) नेपाल नगर कमिटि कोहलपुरले बुधबार कोहलपुर नगरपालिकामा ११ बुँदे मागपत्र बुझाएको छ ।

क्युपेक नेपालको परिचालन स्थानीय तहमा मागपत्र अभियान देशव्यापी दवावमुलक कार्यक्रम अन्तर्गत बुधबार एक कार्यक्रमको आयोजना गरी कोहलपुर
नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीलाई मागपत्र बुझाएको क्युपेक नेपाल नगर कमिटि कोहलपुरका संयोजक खिलक राज के.सीले बताए ।

ज्ञापनपत्र बुझ्दै उपप्रमुख चौधरीले मागपत्र बारे छलफल गरी सम्बोधन गरिने बताइन् । मागपत्रमा श्रमिकको दुर्घटना बिमा, स्वास्थ्य बिमा हुनुपर्ने वन श्रमिकहरुलाई उचित व्यवस्थापन गरिनुपर्ने लगायतका मागहरु रहेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ११ गते बिहीबार